News Category 2079/04/14
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड

राजविराज÷आसन ग्रहण नगराएको भन्दै नेवि संघका एक पदाधिकारीले कार्यक्रम स्थलमा राखिएको टेबुल तोडफोड गरेका छन् ।
नेपाली काँग्रेस सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं सम्मान कार्यक्रममा टेबुल तोडफोड गरिएको हो ।
टेबुल तोडफोड गर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनियाका २८ वर्षिय रंजन यादव छन् । नेवि संघको प्रचारप्रसार समितिका सदस्य रहेका उनलाई तत्कालै प्रहरीले हिरासतमा लिएको छ ।
काँग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित स्व. विपि कोइरालाको तस्बिर राखेर दिप प्रज्ववलन र फुलअबिर अर्पण गर्नका लागि तयार गरिएको टेबुल उचालेर तोडफोड गरेपछि प्रहरीले उनलाई हिरासतमा लिई जिल्ला प्रहरी कार्यालय पु¥याएको काँग्रेसका जिल्ला सभापति रामदेव साहले बताए ।
कार्यक्रममा उद्घोषण गरिरहेका काँग्रेस सप्तरीका सचिव सनत मण्डलले आफूलाई आसनग्रहण नगराएको भन्दै उनले तोडफोड गरेपछि कार्यक्रम केही बेर रोकिएको थियो ।
तोडफोडको घटनाप्रति आक्रोशित बनेका कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री यादवले अनुशासन विपरीत कार्य गर्ने उनलाई पार्टी संगठनबाट समेत कारवाही गरिने जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ