News Category 2079/04/14
काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित

राजविराज÷नेपाली काँग्रेस सप्तरीले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
नेपाली काँग्रेस सप्तरीले शनिबार राजविराजमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो ।
नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्वाचितहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवले लोकतन्त्र र जनताको अधिकारका लागि सधै अगुवाई गर्दै आएको देशकै सबै भन्दा पुरानो पार्टी नेपाली काँग्रेसलाई जिल्लामा पहिलो स्थानमा पु¥याउन योगदान दिने सबै धन्यवाद र बधाईको पात्र भएको बताए ।
उनले नवनिर्वाचितहरुलाई आ–आफ्नो पालिकामा उदाहरणिय काम गर्न सुझाव दिँदै अब प्रदेश र संघीय निर्वाचनमा पनि काँग्रेसलाई पहिलो स्थानमा ल्याउन सबै एकजुट भई काम गर्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य दिनेशकुमार यादव, संघीय सांसद तेजुलाल चौधरी, प्रदेश सांसद समिम अन्सारी, गिता यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पनि शुभकामना दिँदै नवनिर्वाचितहरुले आ–आफ्नो पालिकामा उदाहरणिय काम गरि जनताको मन जित्ने विश्वास व्यक्त गरेका थिए ।
हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले तीन नगरपालिका र दुई गाउँपालिकामा मेयर÷उपमेयरसहित पाँच पालिका जिती जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ