News Category 2079/04/15
एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र कंचनरुप नगरपालिकामा एकै तीन वटा संरचनाको उद्घाटन गरेका छन् ।
आइतबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ जोगिनियामा मदरसा र सामुदायिक भवन तथा कंचनरुप नगरपालिकाको वडा नं. १० बदगामामा नवनिर्मित आधारभुत विद्यालय भवनको मन्त्री साहले पालैपालो उद्घाटन गरेका हुन् ।
तीन कोठे मदरसा भवन निर्माणका लागि मन्त्री साहले आफ्नो संसदीय विकास कोषबाट ४५ लाखको सहयोग उपलब्ध गराएका हुन् । त्यस्तै सोही वडामा मन्त्री साहको संसदीय विकास कोषबाट ३० लाख र मधेश प्रदेश सरकारको ५५ लाखको सहयोग गरि ८५ लाखका लागतमा सामुदायिक भवन निर्माण भएको हो ।
कंचनरुप नगरपालिकामा आधारभुत विद्यालय भवन निर्माणमा ६५ लाख खर्च भएकोमा ४५ लाख मन्त्री साहको संसदीय विकास कोष तथा २० लाख सामाजिक विकास मन्त्रालयबाट सहयोग उपलब्ध गराइएको मन्त्री साहका स्वकीय सचिव राजकुमार यादवले जानकारी दिए ।
नवनिर्मित संरचना सम्बन्धीत पदाधिकारीलाई हस्तान्तरण गर्दै मन्त्री साहले मुश्लिम समुदाय लक्षित कब्रिस्तान तथा मदरसा निर्माणमा विशेष ध्यान दिएको दाबी समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ