News Category 2079/04/15
छिमेकीको आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु
दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
सप्तरीको खडक नगरपालिका ९ का ५० वर्षिय बौली चौधरीको आइतबार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुई साताअघि पूजाको प्रसाद खान बोलाएर छिमेकीले सांघातिक आक्रमणका कारण चौधरी गम्भिर घाइते भएका थिए ।
टाउँकोमा गम्भिर चोट लागेका चौधरीको न्यूरो अस्पताल बिराटनगरमा समेत उपचार गरिएको थियो । तर, त्यहा निको नभइ डाक्टरले अब घरमै लगेर राख्न सल्लाह दिएपछि परिवारजनले अन्तिम प्रयास स्वरुप उनलाई दुई दिनअघि मात्र सो अस्पतालमा भर्ना गराएका थिए ।
मृतकका जेठी छोरी चन्द्ररेखाका अनुसार गत असार २९ गते छिमेकी सुकमरिया देवीले बुबा बौलीसहित भिम राम र जितकुमार रामलाई पूजाको प्रसाद खान घर बोलाएका थिए । प्रसाद हातमा लिएकै बेला अचानक पछाडीबाट आएका सुकमरियादेवीका २५ वर्षिय छोरा उदयकान्तले बुबाको टाउँकोमा अन्धाधुन्द लाठी प्रहार गरि भागेको चन्द्ररेखाले सुनाइन् ।
गम्भिर घाइते भएका बुबालाई तत्कालै स्थानिय देवकान्त चौधरीको िक्ल्नीक र त्यसपछि लहानस्थित एक अस्पतालमा पु¥याउँदा भर्ना लिन नमानेको उनले सुनाइन् । त्यसपछि बिराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको कान्छी छोरी आशाले सुनाइन् ।
तर, साउन १० गते सो अस्पतालका चिकित्सकले अब बचाउन नसकिने भन्दै घरमै लैजान सल्लाह दिएपछि छिन्नमस्ता अस्पताल राजविराजमा ल्याइ राखिएको उनले बताइन् । मृतक चौधरीका दुई छोरी र एक छोरा छन् । डेढ महिना मात्र छोरा रबिन्द्र रोजगारीका लागि विदेश गएको बेला भएको घटनाले दुबै छोरी बेसहारा भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बौली चौधरीमाथी आक्रमण गर्ने छिमेकी उदयकान्तलाई घटनाको भोलीपल्टनै पक्राउ गरिएको बताए । उनले उदयकान्तमाथी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई हाल उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको जानकारी दिँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ