News Category 2079/04/18
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तकोशी नदीमा आएको बाढीले छिमेकी जिल्ला उदयपुरको अस्थायी बाँध टुटेपछि सप्तरीको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीय त्रासमा छन् ।
पहाडी क्षेत्रमा अविरल वर्षा संगै आएको बाढीले बुधवार विहान उदयपुरको बेलका नगरपालिकास्थित अस्थायी बाँध सप्तकोशी नदीको बाढीले भत्काएपछि बाढी पस्ने चिन्ताले स्थानीय त्रसित भएका हुन् ।
अघिल्लो दिन मंगलवारदेखी नै कटान शूरु भई अस्थायी बाँध भत्किने अवस्थामा पुगी सकेको खबर पाई रातभर जाग्राम वसेका सप्तकोशी नगरपालिका वडा नम्बर ३, ६, ७, ८, ९ र १० कंचनरुप नगरपालिकाको वडा १, २, ४, ५, ६, १० र हनुमाननगर कंकालिनी नगरपालिका १३ का वासिन्दा बुधवार एकाविहान सो बाँधको झण्डै आधी भाग बाढीले भत्काइदिएको थाहा पाएपछि झन त्रसित भएका हुन ।
स्थानीय प्रशासनले उक्त क्षेत्र जोखिममा रहेपनि अहिलेसम्म बाढी नपसेको र कुनै क्षती न भएको जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काप्mलेले अविरल वर्षासंगै आएको बाढीले छिमेकी जिल्ला उदयपृुरको सप्तकोशी नदीको अस्थायी बाँध फुटेर उक्त जिल्लाको वेलका नगरपालिकाको २, ३, ८ र ९ वडा डुवानमा परेपनि सप्तरी तर्फ त्यस्तो अवस्था नदेखिएको जानकारी दिएका छन् ।
बाँध फुटेकाले जोे स्खिममा रहेका सप्तरीको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडाका वासिन्दालाई सर्तक रहन र तटिय क्षेत्रमा नजान सचेत गराइएको उनले जानकारी दिए ।
यता प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाढीबाट हुने क्षती नियन्त्रणका लागी सम्बन्धित नगरपालिकाका जनप्रतिनीधी सहितको सुरक्षा निकायका प्रमुखहरुसंग बुधवार नै बैठक वसी विपद व्यवस्थापनका लाग तैयारी अवस्थामा रहेको बताए ।
उनले सम्बन्धित सबैलाई हाइअलर्ट रहन निर्देशन दिनुका साथै कटान क्षेत्रमा पुगी नियन्त्रणको प्रयास शूरु गरिसकिएको जानकारी पनि दिए ।
यसैबीच कोशी नदीको बाढीले चारैतीर कोशी नदीले घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ मा पर्ने विकट गाउँ गोबरगाढास्थित आधारभुत विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थालेको वडा अध्यक्ष कुशेश्वर यादवले जानकारी दिएका छन् ।
वर्षायाममा डुंगा प्रयोग गरी मात्र पुग्न सक्ने उक्त गाउँमा कटान शूरु भएको खबर आएपछि नियन्त्रणका लागी आवश्यक प्रयास शूरु गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ