News Category 2079/04/18
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तकोशी नदीमा आएको बाढीले छिमेकी जिल्ला उदयपुरको अस्थायी बाँध टुटेपछि सप्तरीको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीय त्रासमा छन् ।
पहाडी क्षेत्रमा अविरल वर्षा संगै आएको बाढीले बुधवार विहान उदयपुरको बेलका नगरपालिकास्थित अस्थायी बाँध सप्तकोशी नदीको बाढीले भत्काएपछि बाढी पस्ने चिन्ताले स्थानीय त्रसित भएका हुन् ।
अघिल्लो दिन मंगलवारदेखी नै कटान शूरु भई अस्थायी बाँध भत्किने अवस्थामा पुगी सकेको खबर पाई रातभर जाग्राम वसेका सप्तकोशी नगरपालिका वडा नम्बर ३, ६, ७, ८, ९ र १० कंचनरुप नगरपालिकाको वडा १, २, ४, ५, ६, १० र हनुमाननगर कंकालिनी नगरपालिका १३ का वासिन्दा बुधवार एकाविहान सो बाँधको झण्डै आधी भाग बाढीले भत्काइदिएको थाहा पाएपछि झन त्रसित भएका हुन ।
स्थानीय प्रशासनले उक्त क्षेत्र जोखिममा रहेपनि अहिलेसम्म बाढी नपसेको र कुनै क्षती न भएको जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काप्mलेले अविरल वर्षासंगै आएको बाढीले छिमेकी जिल्ला उदयपृुरको सप्तकोशी नदीको अस्थायी बाँध फुटेर उक्त जिल्लाको वेलका नगरपालिकाको २, ३, ८ र ९ वडा डुवानमा परेपनि सप्तरी तर्फ त्यस्तो अवस्था नदेखिएको जानकारी दिएका छन् ।
बाँध फुटेकाले जोे स्खिममा रहेका सप्तरीको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडाका वासिन्दालाई सर्तक रहन र तटिय क्षेत्रमा नजान सचेत गराइएको उनले जानकारी दिए ।
यता प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाढीबाट हुने क्षती नियन्त्रणका लागी सम्बन्धित नगरपालिकाका जनप्रतिनीधी सहितको सुरक्षा निकायका प्रमुखहरुसंग बुधवार नै बैठक वसी विपद व्यवस्थापनका लाग तैयारी अवस्थामा रहेको बताए ।
उनले सम्बन्धित सबैलाई हाइअलर्ट रहन निर्देशन दिनुका साथै कटान क्षेत्रमा पुगी नियन्त्रणको प्रयास शूरु गरिसकिएको जानकारी पनि दिए ।
यसैबीच कोशी नदीको बाढीले चारैतीर कोशी नदीले घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ मा पर्ने विकट गाउँ गोबरगाढास्थित आधारभुत विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थालेको वडा अध्यक्ष कुशेश्वर यादवले जानकारी दिएका छन् ।
वर्षायाममा डुंगा प्रयोग गरी मात्र पुग्न सक्ने उक्त गाउँमा कटान शूरु भएको खबर आएपछि नियन्त्रणका लागी आवश्यक प्रयास शूरु गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ