News Category 2079/04/20
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
दुई देशको नागरिकता लिएर किर्ते गरेको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर र उनका श्रीमानबिरुद्ध छानवीनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको छ ।
सो नगरपालिकाकी उपमेयर मिरा कुमारी यादव र उनका श्रीमान महेन्द्र यादवले किर्ते गरी नेपाल र भारत दुबै देशको नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार उजुरी परेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिएका छन् ।
उजुरीको बोदार्थ गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको छ ।
किर्ते गरी दुबै देशको नागरिकता लिएको प्रमाणसहित बुझाइएको उजुरीका उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ । प्रजिअ गौतमले दुबै जनाबिरुद्ध उजुरी परेकोले शुक्रबारदेखी वास्तविक्ता बारे बुझ्ने काम भइरहेको बताए ।
उजुरीमा किर्ते गरी नेपाली नागरिकता लिने उपप्रमुख मिरा र उनका श्रीमान महेन्द्र यादवमाथी नागरिकता ऐन २०६३ को दफा १२ बमोजिमको कारवाही गर्दै पदबाट निलम्बन गरी हदै सम्मको सजाय गर्न माग गरिएको छ ।
मिरा र उनका पती महेन्द्र भारत बिहार राज्य अन्र्तगत मझारी ग्राम पंचायत, अंचल निर्मली जिल्ला सुपौल निवासी भएको दावी समेत उजुरी पत्रमा उल्लेख छ । त्यस्तै उनीहरुको नाममा जारी भएको भारतीय आधार कार्ड तथा भारतको विहार राज्यको विधानसभामा निर्वाचनका लागी प्रयोग हुने मतदाता नामावलीको विवरण समेत उजुरी पत्रमा समावेश गरिएको छ ।
बिहार राज्यको विद्यानसभा निर्वाचन नियमावली २०२२ मा मिराको मतदाता क्रम संख्या ६३३ र उनका पति महेन्द्रको ६३२ रहेको उल्लेख छ । उजुरी पत्रमा उनीहरुले भारत सरकारको निर्वाचन आयोगबाट लिएका फोटो सहितको पहिचान पत्र र सपथ पत्र पनि समावेश गरिएको छ ।
यता उपप्रमुख मिराले भने उक्त आरोप निराधार रहेको दाबी गरेकी छिन् । उनले आफ्नो माईती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र घर डाक्नेश्वरी नगरपालिका मै रहेको बताउँदै विपक्षीले फसाउन यस्तो झुठा कुरा प्रचारमा ल्याएको जिकिर गरिन् । उनले विपक्षीले बुझाएको सबै प्रमाण नक्कली रहेको दाबी समेत गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ