News Category 2079/04/20
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट एउटै गाउँका दुई राष्ट्रिय अध्यक्ष प्रतिनीधीसभाको निर्वाचनमा भिड्ने चर्चाले अहिले सप्तरीमा चुनावी माहोल तातेको छ ।
२०७४ सालको प्रतिनीधीसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । सोही क्षेत्रबाट आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले पनि उम्मेदवारी दिने भएपछि चुनावी माहोल तातिएको हो ।
दुबै जना प्रतिनीधीसभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने महादेवा गाउँपालिकाका वासिन्दा हुन् । जसपा अध्यक्ष यादव महादेवा वडा नं. ५ मझौरा र जनमतका अध्यक्ष डा. राउत वडा नं. २ महादेवा टोलका बासिन्दा हुन् । प्रतिनीधीसभा क्षेत्र नम्बर २ मा राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउपालिकाको २ वटा वडा र तिलाठीकोइलाडी गाउँपालिका गरी ४ पालिका पर्दछन ।
हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा उक्त क्षेत्रमा पर्ने ४ पालिका मध्ये २ पालिकामा लोसपा र १÷१ पालिकामा काँग्रेस र जसपाले जित हात पारेको छ ।
महादेवा गाउँपालिकाका अध्यक्ष पदमा भने लोसपाले जित हात पारेको छ भने वडा नं. २ मा जनमत पार्टीले वडाअध्यक्ष सहित सबै पद जितेको छ ।
यसैबीच जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले शुक्रवार राजविराज दैनिकसँगको कुराकानीमा भने, “बिहीबार जनकपुरमा बसेको पार्टीको बैठकले आफुलाई सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनीधीसभाको चुनाव लड्न सुझाव दिएको छ । आफु पनि पार्टीका नेता र कार्यकर्ताको सुझाव मानी सोही क्षेत्रबाट चुनाव लड्ने निर्णयमा पुगेको हँु ।”
यता जसपा अध्यक्ष यादवले आफु पुनः सोही क्षेत्रबाट लड्ने वा अन्य क्षेत्रबाट लड्ने हो भन्ने बारे अहिले टुङ्गो लागी नसकेको प्रतिक्रिया दिएका छन । उनले आफुलाई यस पटक सप्तरीको उक्त क्षेत्रका साथै मोरंग, सुनसरी, बारा, पर्सा र धनुषा लगायतका क्षेत्रबाट समेत चुनाव लड्न नेता कार्यकर्ताहरुले निकै दवाव दिन थालेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका जनता तथा पार्टीको उच्चतहमा समेत यसबारे छलफल थालेको र उचित समयमा अन्तिम निर्णय लिने जानकारी दिए ।
१८ पालिका रहेको सप्तरीमा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेस ५ पालिका, जसपा, लोसपा, एमालेले ३÷३ जनमत २ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले १÷१ पालिका जितेका छन् ।
दुबै जना राष्ट्रिय अध्यक्षहरु एउटै निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गरे उक्त प्रतिष्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ