News Category 2079/04/21
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन
राजविराज÷नेपाल डेन्टल एशोसिएशनका केन्द्रिय उपाध्यक्ष डा. अजय कुमार साहले अस्पतालहरुमा दन्त रोग चिकित्सकको पदपूर्ती गर्न र नयाँ दरबन्दी सृजना गर्न सरकार उदासिन बनेको रहेको बताएका छन् ।
शनिबार राजविराजमा नवगठित नेपाल डेन्टल एशोसिएशन सप्तरी शाखाको प्रथम कार्यकारणी समितिको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले यस बारे मन्त्रालय र मन्त्री कहाँ पटक पटक पुगेर ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएकोले निकट भविष्यमै धर्ना र जुलुस लगायतका आन्दोलनका कार्यक्रम गर्नु पर्ने अवस्था आएको बताउँदै यसका लागि सबैलाई तयार रहन आग्रह समेत गरे ।
नक्कली डाक्टर र बिना दर्ताका औषधी पसलको अहिले बिगबिगी चलिरहेको बताउँदै डा. साहले त्यसका बिरुद्ध पनि लाग्नु पर्ने अवस्था आएको बताए ।
एशोसिएशनका जिल्ला अध्यक्ष डा. सन्जय साहको अध्यक्षतामा आयोजित कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पतालका पूर्व मेडिकल सुपरिडेन्टेन्टद्वय डा. रन्जित झा, डा. टेक नारायण मण्डल, रेडक्रस सोसायटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, डा. सुनिल सिंह, डा. बिमल देव, डा. नरेश मेहता, डा. विवेक सिंह, डा. मिरा आचार्य, डा. प्रेक्षा डाली लगायतले दन्त चिकित्सा क्षेत्रमा देखिएको समस्या र यसको समाधान बारे आ–आफ्नो धारणा र सुझाव राखेका थिए ।
कार्यक्रममा एशोसिएशनका सुनसरी, मोरङ, झापा, धनुषा, महोत्तरी, सर्लाही लगायतका शाखाहरुको प्रतिनिधिहरुको समेत सहभागिता रहेको एशोसिएशनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ