News Category 2079/04/21
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन
राजविराज÷नेपाल डेन्टल एशोसिएशनका केन्द्रिय उपाध्यक्ष डा. अजय कुमार साहले अस्पतालहरुमा दन्त रोग चिकित्सकको पदपूर्ती गर्न र नयाँ दरबन्दी सृजना गर्न सरकार उदासिन बनेको रहेको बताएका छन् ।
शनिबार राजविराजमा नवगठित नेपाल डेन्टल एशोसिएशन सप्तरी शाखाको प्रथम कार्यकारणी समितिको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले यस बारे मन्त्रालय र मन्त्री कहाँ पटक पटक पुगेर ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएकोले निकट भविष्यमै धर्ना र जुलुस लगायतका आन्दोलनका कार्यक्रम गर्नु पर्ने अवस्था आएको बताउँदै यसका लागि सबैलाई तयार रहन आग्रह समेत गरे ।
नक्कली डाक्टर र बिना दर्ताका औषधी पसलको अहिले बिगबिगी चलिरहेको बताउँदै डा. साहले त्यसका बिरुद्ध पनि लाग्नु पर्ने अवस्था आएको बताए ।
एशोसिएशनका जिल्ला अध्यक्ष डा. सन्जय साहको अध्यक्षतामा आयोजित कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पतालका पूर्व मेडिकल सुपरिडेन्टेन्टद्वय डा. रन्जित झा, डा. टेक नारायण मण्डल, रेडक्रस सोसायटी शाखा सप्तरीका सभापति जोगेन्द्र भगत, डा. सुनिल सिंह, डा. बिमल देव, डा. नरेश मेहता, डा. विवेक सिंह, डा. मिरा आचार्य, डा. प्रेक्षा डाली लगायतले दन्त चिकित्सा क्षेत्रमा देखिएको समस्या र यसको समाधान बारे आ–आफ्नो धारणा र सुझाव राखेका थिए ।
कार्यक्रममा एशोसिएशनका सुनसरी, मोरङ, झापा, धनुषा, महोत्तरी, सर्लाही लगायतका शाखाहरुको प्रतिनिधिहरुको समेत सहभागिता रहेको एशोसिएशनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ