News Category 2079/04/21
शिविरबाट एक सय १७ जना बुद्धबृद्धाले पाए दृष्टि
राजविराज÷सामाजिक क्षेत्रमा क्रियाशिल धर्मी हल्फा महिला विकास क्लब सप्तरीले चौधरी आँखा अस्पतालको सहकार्य तथा छिन्नमस्ता गाउँपालिकाको समन्वयमा संचालन गरेको निशुल्क आँखा उपचार स्वास्थ्य शिविरबाट १ सय १७ जना बृद्धृबद्धाले दृष्टि पाएका छन् ।
मोतियाबिन्दु रोग लागेर आँखा नदेख्ने १ सय १७ जनाको शल्यक्रिया गरिएको र शल्यक्रियापछि उनीहरुले आँखा देख्न सक्ने भएको क्लबका अध्यक्ष इ. सूर्य नारायण यादवले बताएका छन् ।
शुक्रबार आयोजना गरिएको शिविरमा ३ सय ५१ जनाको उपचार गरिएकोमा त्यसमध्ये मोतियाबिन्दुका १ सय १७ जनाको सफल शल्यक्रिया गरिएको उपचारमा संलग्न चौधरी आँखा अस्पतालका डा. राजकुमार यादवले बताए । शिविरमा डा. यादवका साथै डा. रेणु बमजमसहित ८ जनाको चिकित्सिक टोलीले उपचार सेवा प्रदान गरेका थिए ।
आर्थिक अभावले उपचार गर्न असमर्थ भएका विपन्न परिवारलाई लक्षित गरि जिल्लाका विभिन्न स्थानमा बेला बेलामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको सो संस्थाले बितेको एक वर्षमा १ हजार ६५ जनाको मोतियाबिन्दु शल्यक्रिया गराएको अध्यक्ष यादवले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ