News Category 2079/04/22
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने

दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
ब्यापारीसँग लिएको ऋण समय मै फर्काउन नसक्दा घरवार विहीन हुने अवस्थामा पुगेका एक दम्पती सो अवस्थाबाट जोगिएका छन् ।
राजविराज वडा नं. ७ स्थित प्रभु खाद विज भण्डारका संचालक प्रभु साहसँग १० वर्ष अघि वसोवास गर्दै आएको एकमात्र घर जग्गा धितोमा राखी विभिन्न मितीमा लिएको ऋण, तीन लाख ५० हजार रुपैया र त्यसको ब्याज तिर्न नसकि घरवार विहीन हुने अवस्थामा पुगेका राजविराज ६ का ओम प्रकाश क्षेत्री र उनका पत्नी सिता घरबार विहीन हुने अवस्थाबाट जोगिएका हुन् ।
लेनदेनको विवाद समाधानका लागी समाजिकस्तर मै वसेको पंचायतीमा ब्यापारी साहले ब्याज वापतको रकम मिनहा गरिदिने सहमती भएपछि क्षेत्री दम्पती घरवार विहीन हुनबाट जोगिएका छन् ।
वडा नं. ६ का अध्यक्ष शशी चौधरीले ऋण वापत लिएको रकमको सामान्य ब्याज जोड्दा पनि ठुलो रकम हुन जाने र उक्त रकम तिर्ने हैसियत क्षेत्री दम्पतीमा नदेखिएकाले अति न्युन ब्याजदर कायम गरी क्षेत्री दम्पतीले ऋण लिदाको धितो वापत राखेको जग्गा फिर्ता गरिदिने सहमती भएको जानकारी दिए ।
केही दिन अघिमात्र क्षेत्री दम्पतीले पत्रकार सम्मलेनको आयोजना गरी आफुले घर जग्गा धितो राखी व्यापारी साहबाट लिएको ऋणमा चर्काे ब्याज जोडिएको र सो तिर्ने हैसियत नहुदा घर खाली गरी सडकमा वास वस्नु पर्ने अवस्था आउन लागेको भन्दै न्यायका लागी पहल गरिदिन आग्रह गरेका थिए ।
यता ब्यापारी साहले आफु कुनै मिटरब्याजी नभएको स्पष्ट पार्दै दुःखमा परेका साथीलाई सामान्य ब्याजदरमा ऋण सापटी दिदाँ ती साथीबाट नै विभिन्न संचारमाध्यममा आफुलाई मिटरब्याजी भएको आरोप लगाई प्रचारबाजी गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले समाजका भरभलादमीको उपस्थितीमा भएको सहमतीको पूर्ण पालना गर्दै एक÷दुई दिन मै क्षेत्री दम्पत्तिले कबुल गरेको रकम बुझाए लगत्तै ऋण लिदा वखत धितो राखेको जग्गा फिर्ता गरिदिने प्रतिबद्धता समेत जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ