News Category 2079/04/22
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा

दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित चन्द्र नहरको बाँध ठाउँ ठाउँमा भत्किएको छ ।
शनिबार राती पहाडी क्षेत्रमा भएको अविरल वर्षाका कारण टेङग्रा खोलाको अनियन्त्रित वहावले तुलसी चौक आसपासका उक्त नहरको चार स्थानमा बाँध भत्काएको हो ।
सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकालले बाँध भत्किएपछि एउटा घर कटानमा परेको जानकारी दिँदै उच्च वहाव कायमै रहेकाले एउटा पुल र त्यस क्षेत्रका आधा दर्जन घर उच्च जोखिममा परेको बताएका छन् ।
बाढीले ठाउँ ठाउँमा नहरको बाँध भत्काउनुका साथै सो खण्डको करिब एक सय मिटर सडक समेत क्षतिग्रस्त बनाएको स्थानियले बताएका छन् । नहरको बाँध भत्किएपछि आसपासका बासिन्दा बिस्थापित हुने खतरामा पुगेकोमा कटान क्षेत्रमा आइतबार बिहानै पुगेका नगर प्रमुख ढकालसहितको एक टोलीले नियन्त्रणको प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ ।
बाँध भत्किएको ठाउँमा तारजाली, ढुङ्गा र बोरामा बालुवा भरेर रोक्ने प्रयासका साथै जेसिभि र अन्य साधनको प्रयोग गरि मर्मतसम्भारको काम थालिएको नगर प्रमुख ढकालले बताए । उनले नहर छेउमा बसोवास गरिरहेका जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित गर्न सबै उपाय प्रयोग गर्न लागिपरेको जानकारी पनि दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ