News Category 2079/04/22
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा
दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित चन्द्र नहरको बाँध ठाउँ ठाउँमा भत्किएको छ ।
शनिबार राती पहाडी क्षेत्रमा भएको अविरल वर्षाका कारण टेङग्रा खोलाको अनियन्त्रित वहावले तुलसी चौक आसपासका उक्त नहरको चार स्थानमा बाँध भत्काएको हो ।
सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकालले बाँध भत्किएपछि एउटा घर कटानमा परेको जानकारी दिँदै उच्च वहाव कायमै रहेकाले एउटा पुल र त्यस क्षेत्रका आधा दर्जन घर उच्च जोखिममा परेको बताएका छन् ।
बाढीले ठाउँ ठाउँमा नहरको बाँध भत्काउनुका साथै सो खण्डको करिब एक सय मिटर सडक समेत क्षतिग्रस्त बनाएको स्थानियले बताएका छन् । नहरको बाँध भत्किएपछि आसपासका बासिन्दा बिस्थापित हुने खतरामा पुगेकोमा कटान क्षेत्रमा आइतबार बिहानै पुगेका नगर प्रमुख ढकालसहितको एक टोलीले नियन्त्रणको प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ ।
बाँध भत्किएको ठाउँमा तारजाली, ढुङ्गा र बोरामा बालुवा भरेर रोक्ने प्रयासका साथै जेसिभि र अन्य साधनको प्रयोग गरि मर्मतसम्भारको काम थालिएको नगर प्रमुख ढकालले बताए । उनले नहर छेउमा बसोवास गरिरहेका जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित गर्न सबै उपाय प्रयोग गर्न लागिपरेको जानकारी पनि दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ