News Category 2079/04/23

खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै

दैनिक समाचारदाता

खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 

    सप्तरी खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि सोमवार भुमिपुजन गरि अस्पतालको शिलान्यास गरिएको छ । 
    खडक नगरपालिकाको वडा नं. ८ भदियामा उक्त अस्पताल निर्माण हुने भएको हो । खडक नगरपालिका र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौ बीच २०७९ असार १५ मा सम्झौता भएको थियो । उक्त कन्स्ट्रक्सनले २१ करोड २९ लाख ४ हजार १ सय ९ रुपैया १ पैसामा निर्माण कार्यका लागि सम्झौता गरेको छ ।
    अस्पताल शिलान्यासपछि खडक नगरपालिका मेयर जयप्रकाश चौधरीले नगरपालिका जनतामा स्वास्थ्य उपचारमा सहजाता हुने दावी गर्दै जनताको स्वस्थ बनाउन सकेमात्र स्वस्थ समाजको कल्पना सार्थक हुने बताए । 
    सो अवसरमा उपमेयर रिता कुमारी चौधरी, प्रमुख प्रशाकिय अधिकृत कुन्दन कर्ण, वडा नं. ५ अध्यक्ष बिजय साह, पूर्व मेयर हेमायु हक लगायत स्थानीय राजनीतिक दल तथा स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट