News Category 2079/04/23
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरीवासीका लागि बहुचर्चित एवं प्रतिक्षित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्यको प्रारम्भिक प्रक्रिया शूरु भएको छ ।
तीन दिन अघि मात्र डीपीआरका लागी डिजीकोन कन्सलटेन्सी कम्पनी र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीबीच सम्झौता सम्पन्न भएपछि सोमवार समितीले पत्रकार सम्मलेनमार्फत सो कुराको जानकारी दिएको हो ।

सम्झौता अनुसार ७ करोडमा नक्शा र भवन निर्माण सम्मको मोनिटरिङ्ग गर्ने जिम्मा उक्त कम्पनीले नै पाएको पत्रकार सम्मेलनमा प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीका कार्यकारी अध्यक्ष डा पोखरेलले जानकारी दिदै सम्झौता अनुसार कन्सलटेन्सीका प्राविधीहरुको टोली सोमवारदेखी नै निर्माण स्थलमा पुगी डीपीआर लगायतको काम शूरु गरेका जनाइएको छ ।
यद्दपी प्रतिष्ठानको ऐन निर्माणमा ढिलाई हुँदा निर्माण कार्य केही सुस्त देखिए पनि सम्झौता सम्पन्न भएपछि अब निर्माण कार्यले गती लिने उनको भनाई छ ।
प्रतिष्ठान भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागी सम्झौता भएसँगै राजविराज नगरपालिका वडा नं. १० स्थित हुलाकी राजर्मागको छेउमा नरपालिकाले उपलब्ध गराएको ६२ विघा जग्गामा निर्माण कार्य सुरु हुने भएको छ ।
प्रस्तावित जग्गाको घेरवार, वातावरणीय प्रभाव मुल्याँकन, भुमिको अवस्था, माटोको परिक्षण लगायतको काम यस अघि नै सकाएको प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीले डीपीआरको काम समेत अघि बढाएको छ ।
यसबारे आईतवार समितीले राजनीतिक दल, प्रतिष्ठान निर्माण स्थल आसपासका वासिन्दा, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाहरुको बैठक गरी डीपीआर सम्झौता र प्रतिष्ठान भवन निर्माणका बारेमा आवश्यक छलफल समेत गरेको थियो ।
उक्त बैठकमा प्रतिष्ठान संचालन गर्न प्राविधीक पक्ष र आर्थिक पक्ष लगायतका विभिन्न विषयमा छलफल भएको प्रतिष्ठानका निर्देशक डा.रंजित झाले जानकारी गराएका छन् ।
निर्देशक डा. झाले डीपीआरको कामलाई दुई चरणमा विभाजन गरिएको बताउँदै पहिलो चरणमा चार महिना भित्र नक्शा र डिजाईनको काम सम्पन्न हुने जनाए । यी चरण पार गरे लगतै संरचना निर्माणको काम शूरु हुने र तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको निर्देशक डा झाको भनाई छ ।
नेपाल सरकारले यस अघि नै प्रतिष्ठान निर्माणको प्रारम्भीक कार्यका लागी राजविराजमा कार्यालय स्थापना गरी ४० करोड रुपैया बजेट विनीयोजन गरेकोमा १० करोड रुपैया प्रतिष्ठानको खातामा जम्मा भएको डा. पोखरेलले बताउँदै हालसम्म घेरबार, वातावरणीय प्रभाव मुल्याँकन, माटो परिक्षण, कार्यालय व्यवस्थापन लगायतका काममा २ करोड १५ लाख खर्च भईसकेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब १२ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको कार्यकारी अध्यक्ष डा. पोखरेलले जानकारी दिए ।
प्रतिष्ठान स्थापनाका लागी तत्कालिन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, संविधानसभा सदस्य रञ्जु झा, गजेन्द्र नारायण सिह अस्पतालका तत्कलिन मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका डा. रञ्जीत झा लगायतले सक्रियता देखाएपछि २०७४ भदौ १ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता स्व.रामराजा प्रसाद सिहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए ।
त्यसपछि मन्त्रीपरिषदको २०७५ पुष २३ गतेको बैठकले प्रधानमन्त्रि ओलीको घोषणालाई मुर्तरुप दिदै राजविराजमा गणतन्त्रवादी नेता सिहको नाममा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदले निर्णय गरेपछि २०७८ असाढ २२ गते तत्कालिन प्रधानमन्त्रि ओलीले भर्चूअल माध्यमबाट प्रतिष्ठानका लागी भवन निर्माणको शिलान्यास गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ