News Category 2079/04/24
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
सप्तरीमा पोखरीमा डुबेर एक बालकसहित दुई जनाको ज्यान गएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.४ लालापटीस्थित रहेको डिहबार थानको पुर्व पट्टि रहेको पोखरीमा झापा घैलाडुवा गाउँपालिका वडा नं.६ घर भएका दुई वर्षिय दिप पण्डितको पोखरीमा डुबेर मंगलबार मृत्यु भएको हो ।
उनी हजुरबुवा देव नारायण पण्डितको घरमा पहुना आएको बेला खेल्ने क्रममा पोखरीमा चिप्लेर घाईते भएका थिए । उनलाई उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरेर इसिजि गर्दा चिकित्सकले मृत्यु घोषण गरेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ र ३ स्थित कट्टि मुसरीमा रहेको सार्वजनिक पोखरीमा वडा नं. ३ बस्ने ३५ वर्षिय लल्कु भन्ने शिव शंकर सदाको डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार उक्त पोखरीमा रहेको कमलको फुलको फल टिप्न जाने क्रममा डुवर सदाको मृत्यु भएको छ ।
पोखरीमा डुबेको सूचना पाएपछि प्रहरीले उद्वारका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी, भलुवाई गण राजविराज तथा ६ नं. गण राजविराजबाट गरि ४१ जनाको सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो ।
उद्धार कार्यमा खटेका संयुक्त प्रहरी टोलीले मंगलबार ११ बजे पोखरीबाट सदाको शव फेला पारि आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै पोष्टमार्टम गराएको जनाएको छ ।
यता दुबै घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ