News Category 2079/04/25
मेनरोडस्थित किराना पसलबाट चार लाख नगद चोरी
दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
राजविराज मेनरोडस्थित एक किराना पसलबाट मंगलबार राती नगद, मोवाइल र रिचार्ज कार्ड चोरी भएको छ ।
वडा नं. ७ रिद्धिसिद्धि किराना पसलबाट ४ लाख नगद, दुई थान मोवाइल र करिब २० हजार बराबरको एनसेल र एनटिसीको रिचार्ज कार्ड चोरी भएको पसलका संचालक सुनिल बैद्यले जानकारी दिएका छन् ।
घरमै संचालित उक्त पसलबाट मंगलबार मध्यराती चोरहरुले घरको पछाडीपट्टी रहेको फलामे भ¥याङ हुँदै छिमेकीको घरको छतबाट आफ्नो घरमा प्रवेश गरि नगदसहित अन्य सामानहरु लगेको पीडित बैद्यको भनाई छ ।
प्राप्त जानकारी अनुसार सोही दिन नगरको अन्य दुई वटा घरमा चोरहरु पसेको तर घरपट्टी समयमै थाहा पाएपछि चोरहरु भागेका थिए ।
यता चोरीका घटना बारे प्रहरीलाई जानकारी गराइपछि चोरहरुको खोजि कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ