News Category 2079/04/29
हरवा चरवाहरुको पुर्नस्थापनाका लागि मापदण्ड तयार पार्न सुझाव
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
मुक्त हरवा चरवाको सवालमा तथा पुर्नस्थापना विषयमा जिल्लास्तरिय सरोकारवाला निकायसँग आइतबार अन्तरक्रिया सम्पन्न भएको छ ।
द फ्रिडम फोरमको सहयोग तथा श्रीपूर्राज सामुदायिक विकाश केन्द्रको आयोजनामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले मुक्त हरवा चरवाहरुको पुर्नस्थापनाका लागि मापदण्ड तयार गरेर बास्तविक तथ्याङक सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।
हरवा चरवाहरुको मुक्तिका लागि गरिएको संघर्षकै कारण उनीहरुले मुक्ति पाएको स्मरण गराउँदै वक्ताहरुले पुर्नस्थापनाका लागि एउटा ठोस मापदण्डको खाका तयार गर्नुपर्ने सुझाव समेत दिए ।
राष्ट्रिय भूमि आयोगका सप्तरी अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा जिल्ला समन्वय समिति सप्तरीका उपाध्यक्ष शम्भुकुमार यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत चिरन्जिवि गिरी, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष दशन मण्डल, दलित मुक्ति मोर्चाका संयोजक बद्री सदा, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेकपा माओवादी केन्द्रका भागवत यादव, बार एशोसिएशनका केशव बहादुर खंग, गैसस महासंघका अध्यक्ष बलदेव मण्डल, नेपाल पत्रकार महासंघका सभापति श्रवण कुमार देव लगायतले हरवा चरवाको पुर्नस्थापनाका लागि विभिन्न सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ