News Category 2079/04/30
नागरिकता विधेयक फिर्तापछि लोसपाद्वारा राष्ट्रपति बिरुद्ध प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
आइतबार साँझ राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गरिएपछि मधेशी जनताको भावनामाथी कुठाराघात गरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ ।
नागरिकता विधेयक फिर्ता गरेर मधेशी बिरोधी राष्ट्रपति भन्दै पार्टीका नेता कार्यकर्ताहरुले स्थानिय पार्टी कार्यालयबाट जुलुस निकालेर बजार क्षेत्रमा प्रदर्शन गरेका थिए ।
उनीहरुले सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता होइन, प्रमाणिकरण गर, असंवैधानिक कदम फिर्ता ले लगायतका नाराबाजी गर्दै जुलुस बजार क्षेत्र परिक्रमा पश्चात् बिरोधसभामा परिणत भएको थियो ।
सो बिरोधसभामा सार्वभौम संसदले गरेको निर्णय नमानेर राष्ट्रपतिले गम्भिर भूल गरेको भन्दै असंबैधानिक कदम नसच्याए राष्ट्रपति बिरुद्ध आन्दोलन चर्काउने वक्ताहरुले चेतावनी दिएका थिए ।
लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, केन्द्रिय नेता जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी, शैलेश चौधरी, अमरकान्त झा, महिला नेतृ पुनम यादव लगायतले बिरोध सभालाई सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ