News Category 2079/05/01
भयरहित, मर्यादित र शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
दैनिक समाचारदाता
राजविराज, १ भदौ ।
नेपाल प्रहरीका महानिरिक्षक (आइजिपि) धीरज प्रताप सिंहले प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै प्रहरीले भयरहित, मर्यादित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनेतर्फ सम्पुर्ण ध्यान केन्द्र्रित गरेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बुधबार आफ्नै सभाकक्षमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा रणनीति तयार गर्न प्रहरीले ध्यान केन्द्रीत गरेको बताए । प्रत्येक नागरिकको मतको सदुपयोग गर्न र मतदान स्थलमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी आवश्यक रणनीती बनाउनमा जुटेको उनको भनाई छ ।

शान्ति सुरक्षालाई ब्यवस्थित र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकारको पनि उत्तिकै भुमिका रहने जिकिर गर्दै उनले सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए ।
एक अर्को प्रसङ्गमा महानिरिक्षक सिंहले तस्करीमा प्रहरीको संलग्नता नरहेको दाबी गर्दै यस्तो पाईए विभागीय कारवाही हुने प्रतिबद्धता समेत जनाए । तस्करी लगायत विभिन्न वेथिती नियन्त्रणमा प्रेस जगतको ठुलो भुमिका रहने भन्दै उनले वास्तविकतामा आधारित समाचार सम्प्रेसनका लागी संचारकर्मीहरु समक्ष आग्रह समेत गरे ।
पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवणकुमार देवको अध्यक्षता आयोजित कार्यक्रममा मधेश प्रदेशका प्रहरी प्रमुख मसाउद आलम खाँ, बरिष्ठ प्रहरी उपरिक्षक दान बहादुर कार्की, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, समाज सेवी अमरचन्द्र अनिल लगायतको पनि उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष देवले प्रहरी महानिरिक्षक सिंहलाई मायाको चिनो समेत प्रदान गरेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष बैद्यनाथ यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम कार्यसमितिका सदस्य विद्यानन्द रामले संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ