News Category 2079/05/03
सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी
दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
निर्वाचन आयोगले गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनका क्रममा भएको खर्च विवरण नबुझाएकाहरुलाई सात दिनभित्र खर्च विवरण बुझाउन थप म्याद दिएको छ ।
सप्तरी जिल्ला निर्वाचन अधिकारी प्रदिप कुमार जोशीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रका समेत गरी ५ हजार ५ सय ३५ जनाले विभिन्न पदमा उम्मेदवारी दिए पनी हाल सम्म ४ सय ८२ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएको जानकारी दिएका छन् । खर्च विवरण नबुझाउने उम्मेदवारको संख्या ५ हजार ५३ रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले पछिल्लो पटक भदौ १ गते सबै पालिकामा पत्राचार गरी उम्मेदवारी दिएका सबैलाई ७ दिन भित्र निर्वाचन खर्च बुझाउन पत्राचार गरिएको बताए ।
यस अघि एक राष्ट्रिय दैनिक पत्रिकामा समेत सो बारे सुचना प्रकाशित गरी खर्च विवरण माग गरिएको उनले बताउँदै ती उम्मेदवारहरुले समयमै खर्च विवरण बुझाउन वेवास्ता गरेकाले पुन अन्तिम पटकका लागी ७ दिनको म्याद दिएर पत्राचार गरेको जानकारी दिए ।
निर्वाचनको प्रचार प्रसारका क्रममा भएको सम्पुर्ण खर्चको विवरण निर्वाचन आयोगको ऐनको अनुसची ३० बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था छ । यसरी जरिवानाको कारवाही भएका ब्यक्ती अगामी निर्वाचनमा उम्मेदवार हुनबाट समेत बञ्चित हुने छन् ।
निर्वाचन आयोगले नगरपालिकाका प्रमुख÷उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार र गाउँपालिकाका प्रमुख÷उपप्रमुखका उम्मेदवारले ३ लाख ५० हजार रुपैया खर्च गर्न पाउने गरी रकम निर्धारण गरेको छ ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (२) मा कुनै राजनीतिक दल वा उम्मेदवारले दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेश नगरेमा वा त्यसरी पेश भएको विवरणमा सोही दफाको उपदफा २ बमोजिम लेखापरिक्षण हुदाँ लेखापरिक्षकको परिक्षणका आधारमा अस्वभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकुल हुने गरी खर्च देखिएमा आयोगले त्यस्तो उम्मेदवारलाई जरिवाना गर्न सक्ने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ