News Category 2079/05/05
सामाजिक संजालमार्फत धमाधम उम्मेदवारी घोषणा हुँदै

राजविराज÷मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिकदलहरुले अधिकारिक रुपमा उम्मेदवारको टुगो नलगाए पनि सप्तरीमा दर्जनौ आकांक्षीले आ–आफ्नै स्तरबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
उम्मेदवारका आकांक्षीले यसरी उम्मेदवारी घोषणा गर्दा केही स्वयमले त कोही समर्थकको प्रयोग गरि सामाजिक संजालमार्फत यस्तो पोष्ट गर्न थालेका छन् ।
शनिवार सम्ममा समाजिक संजाल फेसबुक मार्फत उम्मेदवारी घोषणा गर्नेको संख्या ४ दर्जन भन्दा बढी पुगेको छ । यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा बहालवाला सांसददेखि २०७४ को निर्वाचनमा पराजित भएको, स्वतन्त्र भई चुनाव लडेको तथा पहिलो पल्ट चुनाव लड्ने तयारी गरेका नयाँ अनुहार पनि छन् ।
अहिलेसम्म जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मात्र आफु पार्टीको अधिकारिक निर्णयअनुसार नै गृह जिल्ला सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बन्ने प्रस्ट पारेका छन् । उनले रोजेको निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । अध्यक्ष यादव यस पल्ट सोही क्षेत्रबाट चुनाव लड्ने÷नलड्ने अहिलेसम्म अनिश्चित नै छ ।
जनमत पार्टीले (एक निर्वाचन क्षेत्रमा) बाहेक अन्य कुनै पनि राजनीतिक दलको भने अहिले सम्म उम्मेदवारको टुगो लागेको छैन ।
यता दलका नेता र कार्यकर्ताबीच आधिकारिक उम्मेदवार बन्न चर्को प्रतिस्पर्धा चलिरहेको छ । मुख्य ठूला दल मात्र होइन स–साना दलहरु भित्र पनि उम्मेदवारको दावेदारीसँगै सम्भावित उम्मेदवारको नाम अघि सारेर जनमत बुझ्ने काम सुरु भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादवले गठबन्धनको साझा उम्मेदवार बनाउने वा शक्ति सन्तुलनको आधारमा एकला एक्लै लड्ने भन्ने दुवै विषयमा पार्टी भित्र गम्भिर छलफल बताएका छन् ।
उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस सर्वाधिक ५ पालिका जितेर जिल्लामा पहिलो पार्टी बनेकोले आगामी निर्वाचनमा काँग्रेसले सिट बाडफाँडमा सम्मानजनक स्थान पाउनुपर्ने जिकिर गरे ।
लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाले नेता र कार्यकर्ताबीच भित्र भित्रै उम्मेदवारीका लागि दौडधुप सुरु गरिसकेको बताए । उनले फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेर मात्र नहुने जिकिर गर्दै धरातलमा बसेर काम गर्ने र योग्य तथा सक्षम व्यक्तिले टिकट पाउने बताएका छन् ।
जसपाका राजनीतिक समितिका सदस्य अमरनाथ मण्डलले आकांक्षीहरुको निकै दौडधुप बढेको भएपनि अहिले टुगो लागी नसकेको र गहन छलफल भइरहेको बताए । उनले जसपा अध्यक्ष उपेन्द्र यादव सप्तरीको २ नं. क्षेत्रबाटै पुनः प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दोह¥याउने लगभग निश्चित रहेको बताएका छन् ।
जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ गरी १२ पदका लागि निर्वाचन हुनेछ । जिल्लामा आगामी मंसिर ४ मा हुने निर्वाचनमा नयाँ थपिएको ९ हजार १ सय १४ सहित कुल ४ लाख २१ हजार ५ सय ५९ मतदाता छन् ।
जसमध्ये पुरुष २ लाख १८ हजार ७ सय ३१, महिला २ लाख २ हजार ८ सय ७ र अन्य २१ जना छन् । यसैबीच निर्वाचन कार्यालयले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखेर मतदाता नामावली अधावद्यिक र दावी विरोध प्रक्रिया भाद्र १२ गते देखि प्रारम्भ गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप कुमार जोशीका अनुसार भदो १२ देखि भदो १९ सम्म मतदाता नामावली अधावद्यिक (दावी विरोध समेत)को कार्यक्रम संचालन हुनेछ । मतदाता नामावली अधावद्यिक कार्यक्रम सम्पन्न भएपश्चात भाद्र ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ