News Category 2079/05/05

नहरमा डुबेर एक बालकको ज्यान गयो

दैनिक समाचारदाता

नहरमा डुबेर एक बालकको ज्यान गयो

दैनिक समाचारदाता
राजविराज, ५ भदौ । 

    सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. २ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको सोमबार बिहान ज्यान गएको छ । 
    आफ्नै घर नजिकैको छोटी नहरको डिलमा खेल्दै गरेको सप्तकोशी नगरपालिका वडा न १ का कार्यालय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरा सन्दिप रामको बिहान नहरमा डुबेर ज्यान गएको हो । 
    बालकको शव डुबेको ४ घण्टापछि दिउसो १२ बजे घरदेखि डेढ किलोमीटर दक्षिण नहरमा फेला परेको इलाका प्रहरी कार्यालय फत्तेपुरले जनाएको छ । 
    मृत बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइको तथा घटना बारे थप अनुसन्धान जारि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट