News Category 2079/05/05
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक

दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
राष्ट्रिय भुमि आयोग जिल्ला समिति सप्तरीले चार महिने कार्यकालको प्रगति विवरण आइतबार सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला समिति सप्तरीले २०७९ बैशाख पहिलो सातामा पुर्णता पाई जिम्मेवारीमा आएपछि चार महिनाको छोटो अवधिमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेको हो ।
विगतका आयोग, समिती र कार्यदलमा बुझाइएको निवेदन र अन्य कागजातहरु झिकाई अध्ययन गरी अन्तिम निर्णयमा पुग्ने सो अवसरमा जानकारी गराइएको छ ।
प्रगति विवरण प्रस्तुत गर्दै समितीका अध्यक्ष हरेराम यादवले यस अवधीमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित वसोवासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागी जिल्लाको १८ मध्ये पहिलो चरणमा अग्नीसाइर कृुष्णासवरण गाउँपालिका र तिलाठी कोइलाडी गाउपालिकासँग द्विपक्षिय सम्झौता गरी कार्य अघि बढाइएको जानकारी दिए ।
यस क्रममा अग्नीसाईर कृष्णासवरण गाँउपालिकाको विभिन्न वडामा नाप जाँचको काम भइरहेको तथा तिलाठी कोइलाडी गाउँपालिकाको ८ वडा मध्ये १ र २ वडा वाहेक सबैमा लगत कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए ।
यस्तै कंचनरुप, सप्तकोशी, हनुमाननगर कंकालिनी, डाक्नेश्वरी, शम्भुनाथ, सुरुङ्गा, खडक र बोदेवर्साईन नगरपालिका तथा रुपनी र महदेवा गाउँपालिका संग पनि नयाँ सम्झौताको काम पुरा भई लगत संकलन सम्बन्धि ३५ दिने म्याद सहित सूचना प्रकाशित गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सम्झौता अनुसार सम्बन्धित पालिकाले सेवा केन्द्र संचालन गरी पालिका स्तरीय सहजीकरण समिति गठन गर्ने कार्य समेत तिब्र बनाएको पत्रकार सम्मेलनमा समितीका सदस्य समेत रहेका नापी कार्यालयका प्रमुख शत्रुघन प्रसाद यादवले जानकारी दिए ।
पत्रकार सम्मेलनमा समितीका सदस्य पञ्चदेव चौधरी, हरिनारायण महतो, अनार कुमारी चौधरी लगायतको समेत उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ