News Category 2079/05/05
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
सप्तकोशी नदीको किनारमा पटेर झारीमा तस्करीका लागि लुकाई राखेको २ सय ४० किलो गाजा सशस्त्र प्रहरी बल सप्तरीले बरामद गरेको छ ।
आईतवार विहान ४ बजेतिर गोप्य सुचनाका आधारमा कोशी ब्यारेजस्थित सुरक्षा वेश क्याम्प भारदहका प्रहरी निरिक्षक उमेश कुमार आलेको कमाण्डमा खटेको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ सप्तकोशी किनारको उक्त झारीमा लुकाई राखिएको २ सय ४० केजी अबैध गाँजा बरामद गरेको हो ।
९ वटा प्लास्टिकको बोरमा लुकाई राखिएको अवस्थामा फेला परेको उक्त अबैध गाजा आईतवार नै आवश्यक कारवाही प्रक्रियाका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको शसस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिएका छन् । उनले गाजा लु्काई राख्ने ब्यक्तिको खोजी कार्य जारी रहेको बताए ।
सप्तकोशी नदी गाजा तस्करीको सेन्टर प्वाइन्ट बन्न थालेको छ । यसअघि सशस्त्रले गाजा डुंगाको प्रयोग गरी भारततर्फ लैजाने गरेको सुचना प्राप्त गरेपछि अहिले त्यस क्षेत्रमा निगरानी कडा पारिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ