News Category 2079/05/06
भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिका २ बनैनिया क्षेत्रबाट कटुवा पेस्तोल बरामद गरेको छ । गस्तिमा रहेको सशस्त्र प्रहरीको टोलीले भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरिक्षक तुलसीराम कार्कीको कमान्डमा पैदल गस्तिमा गइरहेको टोलीले आइतबार राती ९ बजेतिर भारतीय सीमा नजिक पर्ने उक्त क्षेत्रबाट कटुवा पेस्तोल बरामद गरेको जनाइएको छ ।
गस्ति टोलीलाई देख्ना साथ भारतबाट पैदलै नेपालतर्फ आउँदै गरेका दुई जनाले कटुवा पेस्तोल र त्यसमा लाग्ने ८ एम एमको एक राउण्ड गोली खेतमा फालेर भारततर्फै भागेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले बताएका छन् ।
उक्त हतियार सोमबार जिल्ला प्रहरी कार्यालयमा बुझाई फरार व्यक्ति बारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ