News Category 2079/05/06
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
२०७४ सालको स्थानिय निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवार भई राजविराज नगरपालिकाको मेयरमा निर्वाचित शम्भुप्रसाद यादव सोमबार लोसपामा प्रवेश गरेका छन् ।
उनले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा टिकट नपाएपछि जनता समाजवादी पार्टी परित्याग गरि मनोनयन पत्र दर्ता गराउने दिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरि राजविराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।
सोमबार लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी नेकपा माओवादी केन्द्र परित्याग गरि लोसपामा प्रवेश गरे । उनीसँगै विभिन्न पार्टी परित्याग गरि चार सय जना लोसपा प्रवेश गरेको जिल्ला अध्यक्ष सुनिल झाले जानकारी दिएका छन् ।
पार्टी प्रवेशका अवसरमा उनले आफूले राजनीति सुरु गरेको पुरानै पार्टी रोजेर घर फर्किएको प्रतिक्रिया दिएका छन् ।
यस्तै प्रवेश गर्नेहरुमा राजविराज नगरपालिकाका निवर्तमान वडा अध्यक्ष माँगीलाल नाई र सुदर्शन सिंह पनि छन् । दुबै जना काँग्रेस पार्टी परित्याग गरि लोसपा रोजेका हुन् । यस्तै २०७४ को स्थानिय तहको निर्वाचनमा राजपाबाट निर्वाचित वडा अध्यक्ष शम्भु यादव (लाली) र शोभालाल मण्डल पनि लोसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, जयप्रकाश ठाकुर, दिपेन्द्र चौधरी लगायतले अबिर र माला लगाई स्वागत गरे ।
२०७४ को स्थानिय तहको निर्वाचनमा राजपाबाट राजविराज नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार भई चुनाव जितेका यादव राजपा–संघीय समाजवादी फोरम एकिकृत भई गठन भएको जसपामा थिए । जसपामा विभाजन आई लोसपा बनेपछि उनी जसपा नै रोजेका थिए । तर पछिल्लो स्थानिय तहको निर्वाचनमा आफूलाई पुनः उम्मेदवार नबनाई अर्कैलाई टिकट दिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवसँग उनको दुरी बढेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ