News Category 2079/05/06
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो

दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशका नाउँमा खुलेका दलहरुले मधेशबाट भोट लिएर गएपनि मधेशीका लागि के–के गरे भन्ने कुराको समिक्षा गर्नु पर्ने समय आएको बताएका छन् ।
सोमबार राजविराजमा लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो कुरा बताउँदै भन्दै यसबारे गम्भिर भएर सोच्न आग्रह पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले बैवाहिक अंगिकृत नागरिकतामा समय सीमा राख्ने कुराले मुलुकलाई अझै पछि धकेल्ने बताउँदै समय सीमा राखेर बैवाहिक अंगिकृत नागरिकता दिनुपर्छ भन्ने कुरा पनि कतै कतैबाट उठ्ने गरेकाले पहिलेको व्यवस्थालाई पनि यसले कटौती गर्ने भएका कारण मुलुक पछाडी फर्काउने नियतले यस्तो भनिएको जिकिर गरे ।
संविधानमा मधेशी, आदिवासी, जनजाती, मुश्लिम, सिमान्तकृत लगायत समुदायको पूर्ण अधिकार अहिले पनि सुनिश्चित नभएको बताउँदै उनले त्यसका लागि आफूहरुको संघर्ष जारि रहेको छ भने ।
सोही कार्यक्रममा बोल्दै अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले निर्वाचनमा गठबन्ध बाध्यता रहेको भन्दै आफूहरु लोकतन्त्र, पहिचान र अधिकारका लागि काम गर्ने पार्टीका साथ गठबन्धन गर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले भने –बिना गठबन्धनले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्था नरहेको महसुस गरि हामीले त्यस्तो विचार मिल्ने दलसित गठबन्धनको सोच बनाएका छौं ।
लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षमा आयोजित कार्यक्रमलाई लोसपाका अर्का वरिष्ठ नेता अनिल झाका साथै जयप्रकाश ठाकुर, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भु प्रसाद यादवले पनि सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ