News Category 2079/05/06
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशका नाउँमा खुलेका दलहरुले मधेशबाट भोट लिएर गएपनि मधेशीका लागि के–के गरे भन्ने कुराको समिक्षा गर्नु पर्ने समय आएको बताएका छन् ।
सोमबार राजविराजमा लोसपा नेपाल सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो कुरा बताउँदै भन्दै यसबारे गम्भिर भएर सोच्न आग्रह पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले बैवाहिक अंगिकृत नागरिकतामा समय सीमा राख्ने कुराले मुलुकलाई अझै पछि धकेल्ने बताउँदै समय सीमा राखेर बैवाहिक अंगिकृत नागरिकता दिनुपर्छ भन्ने कुरा पनि कतै कतैबाट उठ्ने गरेकाले पहिलेको व्यवस्थालाई पनि यसले कटौती गर्ने भएका कारण मुलुक पछाडी फर्काउने नियतले यस्तो भनिएको जिकिर गरे ।
संविधानमा मधेशी, आदिवासी, जनजाती, मुश्लिम, सिमान्तकृत लगायत समुदायको पूर्ण अधिकार अहिले पनि सुनिश्चित नभएको बताउँदै उनले त्यसका लागि आफूहरुको संघर्ष जारि रहेको छ भने ।
सोही कार्यक्रममा बोल्दै अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले निर्वाचनमा गठबन्ध बाध्यता रहेको भन्दै आफूहरु लोकतन्त्र, पहिचान र अधिकारका लागि काम गर्ने पार्टीका साथ गठबन्धन गर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले भने –बिना गठबन्धनले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्था नरहेको महसुस गरि हामीले त्यस्तो विचार मिल्ने दलसित गठबन्धनको सोच बनाएका छौं ।
लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षमा आयोजित कार्यक्रमलाई लोसपाका अर्का वरिष्ठ नेता अनिल झाका साथै जयप्रकाश ठाकुर, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राजविराज नगरपालिकाका निवर्तमान नगरप्रमुख शम्भु प्रसाद यादवले पनि सम्बोधन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ