News Category 2079/05/10
डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद
दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
भारतबाट तस्करी गरि ल्याउँदै गरेको एक लाख भन्दा बढी मुल्य बराबरको विद्युतिय सामान शुक्रबार सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सप्तरीको सप्तकोशी नदी किनारमा डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएको ती विद्युतीय सामानहरु हनुमाननगर कंकालिनी नगरपालिका १४ डल्वास्थित कोशी पलार क्षेत्रबाट बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ६ नं. गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले सशस्त्र प्रहरी पोष्ट तिलाठीबाट प्रहरी निरिक्षक कृष्णकुमार भण्डारीको कमान्डमा खटेको टोलीले एक लाख ३७ हजार ९ सय ३२ रुँपैया बराबरको डिबि बक्स ८ कार्टनु, इलेक्ट्रिक स्विच ३ सय ४० थान र पावर सकेट ४ सय ९० थान विद्युतिय सामान बरामद गरेको जानकारी दिएका छन् ।
बरामद सामान शुक्रबार नै आवश्यक कानुनी प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालय पठाइएको छ । प्रहरी देख्नासाथ सामान फ्यालेर डुंगाबाट भारततर्फ भागेका तस्करहरुको खोजिकार्य भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ