News Category 2079/05/10
नामावलीमा धांधली भएको भन्दै अध्यक्ष कार्यकक्षमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारका लागि सरकारबाट प्राप्त सहयोग राशीको बितरण प्रक्रियामा धांधली भएको भन्दै शुक्रबार वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
बास्तविक पीडित भन्दा आसेपासे र जनप्रतिनिधि समेतलाई उक्त सहयोग राशीका लागि सिफारिस गरिएको भन्दै राजविराज वडा नं. ४ का आक्रोसित स्थानियले वडा अध्यक्ष दिनेशप्रसाद साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
वडा कार्यालय अगाडी प्रदर्शनमा उत्रेका सोही वडाका वासिन्दाहरुले कोराना महामारीको प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा संगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब परिवारलाई राहतस्वरुप उपलब्ध गराउन राजविराज नगरपालिका कार्यालयलाई सिफारिस गरिएका नामावलीमा व्यापक त्रृटी रहेको दाबी गर्दै सोको छानबिन गरि त्रृटी सच्याउनु पर्ने माग गरेका छन् ।
उनीहरुले वडा अध्यक्ष साहले सहयोग राशीका लागि सिफारिस गरेको नामावली विवरणमा वडा सदस्यमा निर्वाचित भएका देखी एकै परिवारका तीन÷तीन जनासम्म समावेश गरिएको बताएका छन् ।
यसअघिका वडा अध्यक्ष अख्तर अली बाबाले गरेको सिफारिसलाई उल्टयाई नर्वनिर्वाचित वडा अध्यक्ष साहले मनपरी ढंगले नयाँ नामावली तयार गरेको तथा बास्तविक पीडितमाथी अन्याय भएको पीडित महिला रधियादेवीको भनाई छ ।
वडा अध्यक्ष साहले अघिल्लो वडा अध्यक्षले गरेको सिफारिसमा एउटै परिवारका दुई जनासम्मको नाम परेकाले नामावलीमा केही संशोधन गरेको बताए । ५३ जनाको नाम मात्र सिफारिस गर्नुपर्ने ठाउँमा ५ सय जनाको आवेदन परेको भन्दै उनले यदी केही त्रृटी रहेछ भने वाडको बोर्ड बैठकमार्फत सच्याउने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ