News Category 2079/05/11
जिसस सप्तरीका निवर्तमान प्रमुखसहित एक हजार भन्दा बढी जसपामा प्रवेश

राजविराज÷जिल्ला समन्वय समिति सप्तरीका निवर्तमान प्रमुख प्रभाकर यादवसहित विभिन्न पार्टी परित्याग गरि एक हजार भन्दा बढी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
शनिवार राजविराजमा जसपा सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा निवर्तमान प्रमुख यादव हृदयेश त्रिपाठी नेतृत्वको नेपाल प्रगतिशिल पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका हुन ।
उनीसँगै छिन्नमस्ता गाउँपालिका ७ को निवर्तमान वडाअध्यक्ष रहेकी उनकी पत्नी प्रमिला देवी पनि जसपा प्रवेश गरेकी छिन । दुबै जना हृदयेश त्रिपाठी नेतृत्वको नेपाल प्रगतिशिल पार्टीमा थिए ।
यसअघि लोसपामा रहेका यादव दम्पति हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा सो पार्टी परित्याग गरेर नेपाल प्रगतिशिल पार्टीमा प्रवेश गरेका थिए । सोही पार्टीको टिकटबाट प्रभाकर छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष तथा उनको पत्नी प्रमिला वडाअध्यक्ष पदमा चुनाव लडदा पराजित भएका थिए ।
यादव दम्पति नेपाल प्रगितिशिल पार्टी परित्याग गरेको भन्नु पर्नेमा उद्घोषकले लोसपा परित्याग गरेको भन्दा सबै अचम्मित भएका थिए ।
यस्तै नेपाल प्रगतिशिल पार्टीबाट राजविराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका अशोक साह र विवेकशिल साझा पार्टीका केन्द्रीय सदस्य सुमन मिश्र लगायत विभिन्न पार्टी परित्याग गरी एक हजार भन्दा बढी जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिए ।
नवप्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह, पार्टी प्रवक्ता मनिष सुमन लगायतले अविर र माला लगाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ