News Category 2079/05/11
काँग्रेसप्रति जनताको आकर्षण र जनलहर बढ्दै छ ः नेता ढुङ्गाना

राजविराज÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले काँग्रेसप्रति जनताको आकर्षण र जनलहर बढ्दै गएको बताएका छन् ।
शनिवार नेपाली काँग्रेस सप्तरीद्धारा आयोजित ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।
उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले यसको पुष्टि गरेको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर ठुलो सफलता मिल्ने संकेतहरु पनि देखिन थालेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा प्रजातन्त्र ल्याउनेदेखि संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाको लागि फेरि जनताले काँगे्रसमाथिनै आशा र भरोसा गरेको बताउँदै जनताले पार्टीप्रति देखाएको उत्साहलाई कायम राख्न नेता÷कार्यकर्ता गाउँ गाउँमा पुगेर जनताको मन जित्ने र संगठन निर्माणमा लाग्ने बेला आएको उल्लेख गरे ।
गठबन्धन दलभित्र सिट बाँडफाँडको विषयमा कुराकानी चलिरहेको बताउँदै उनले गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल पनि गरे ।
जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रमलाई काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादव, संघीय सांसद तेजुलाल चौधरी लगायतले पनि सम्बोधन गर्दै आगामी चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सबै एक ढिक्का भई जनतामा जानुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ