News Category 2079/05/11
काँग्रेसप्रति जनताको आकर्षण र जनलहर बढ्दै छ ः नेता ढुङ्गाना
राजविराज÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले काँग्रेसप्रति जनताको आकर्षण र जनलहर बढ्दै गएको बताएका छन् ।
शनिवार नेपाली काँग्रेस सप्तरीद्धारा आयोजित ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।
उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले यसको पुष्टि गरेको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर ठुलो सफलता मिल्ने संकेतहरु पनि देखिन थालेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा प्रजातन्त्र ल्याउनेदेखि संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाको लागि फेरि जनताले काँगे्रसमाथिनै आशा र भरोसा गरेको बताउँदै जनताले पार्टीप्रति देखाएको उत्साहलाई कायम राख्न नेता÷कार्यकर्ता गाउँ गाउँमा पुगेर जनताको मन जित्ने र संगठन निर्माणमा लाग्ने बेला आएको उल्लेख गरे ।
गठबन्धन दलभित्र सिट बाँडफाँडको विषयमा कुराकानी चलिरहेको बताउँदै उनले गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल पनि गरे ।
जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रमलाई काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादव, संघीय सांसद तेजुलाल चौधरी लगायतले पनि सम्बोधन गर्दै आगामी चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सबै एक ढिक्का भई जनतामा जानुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ