News Category 2079/05/12
बिपद्को जोखिमलाई नक्साङ्कन, पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।
जिल्लामा हुने बिपदको जोखिमलाई पहिचानसँगै नक्साङ्कन गरी प्रतिकार्य गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन ।
सबल नेपालको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा र जिल्ला बिपद् ब्यबस्थापन समितिको समन्वयमा आयोजित बिपद् प्रतिकार्य कार्यशाला गोष्ठीमा सो कुरा बताएको हो ।
कार्यक्रममा जिल्ला बिपद् ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिपद्को जोखिमलाई पहिचान गरी न्युनिकरणतर्फ स्थानिय निकाय गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । उनले स्थानिय निकायले जोखिमलाई प्राथमिकतामा नराख्दाँ बिपद्का घटनालाई न्युनिकरण गर्न नसकेको जिकिर गरे ।
सप्तरीमा बर्सेनी कोशी, महुली, खाडो, जिता खोलामा आउने बाढीको ब्यबस्थापन गर्नका लागि स्थानिय तहले आबश्यक बजेट छुट्याएर योजना बनाई बिपद्बाट हुने क्षतिलाई न्युनिकरण गर्नेतर्फ गम्भीर हुनुपर्ने सुझाव समेत दिए ।
कार्यक्रममा हनुमाननगर कंकालनी नगरपालिका उपप्रमुख सरिता यादबले बिपद् कुनै वेला पनि आउने भएकाले सबै स्थानिय तहले बिपद् प्रतिकार्यका लागि आवश्यक बजेट छुटाउन आग्रह गरिन् । उनले खाडो नदि लगायत अन्य नदिहरूको नियन्त्रण तथा रोकथाम कार्य प्रभावकारी नहुदाँ जोखिम कायमै रहेकोले स्थानिय तह सहित संघीय सरकारसहित सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिईन ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गरी, कोशी पीडित समाजका निर्देशक देव नारायण यादब, सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देव, सबल नेपालका निर्देशक दिपक झा, सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डल, तिलाठी कोईलाडी गाउपालिका बिपद् संयोजक राजेश झा, सबल नेपालका परमेश्वर झा, निरबहादुर आले, रूपनी गाउपालिका बिपद् संयोजक मिथलेश यादब, खडक नगरपालिकाका अधिकृत वसन्त दासलगायत विभिन्न पालिकाका बिपद् ब्यबस्थापन समितिका प्रतिनिधि, सुरक्षा निकायहरूका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ