News Category 2079/05/12
मिटरब्याज पीडितहरूको समस्याबारे सरकारद्वारा गठित कार्यदलद्वारा जानकारी
दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।
देशभरका मिटरब्याजी पीडितहरुको वास्तविक समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलले आईतवार सप्तरीका मिटरब्याज पीडितहरूसँग भेटघाट तथा तथा उनीहरुको समस्याबारे जानकारी लिएको छ ।
देशभरका मिटरब्याजी पीडितहरुका लागि सरकारले उजुरी दिनका लागि भदौ ५ गतेसम्मको समयसीमा तोकेकोमा जिल्लाका १८ वटा स्थानीय तहमध्ये सप्तकोशी बाहेक १७ वटै स्थानीय तहमा एक सय १२ वटा उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम कार्यदललाई जानकारी दिएका छन् ।
मिटरव्याजी पीडित रुपनी गाउँपालिका वडा नं. २ का भागवत यादवले बालबालिकाको शिक्षका लागि २०७३ चैत ५ गते बद्रि यादवसँग एक लाख रकम लिएकोमा पाँच लाखको तमसुक गराएको कार्यदल समक्ष बताएका छन् । सो रकमको अहिले ४६ लाख पुगेको उनले जानकारी दिए ।
यस्तै मिटरब्याजी छोटेलाल साहबाट पीडित देव विलास यादव, अग्निसाइर कृष्णासवरण गाउँपालिकाका भोटली देवी थरुनी, संतोष चौधरी लगायतले कार्यदल समक्ष आफ्नो पीडा सुनाएका थिए ।
सप्तरी प्रहरीले मिटरब्याजी खडक नगरपालिका रामदेव साह, उनका छोरा र छोरीमाथि मुद्दा दायर गरेपछि उनका छोरा र छोरी आदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका छन् भने रामदेव भने अझै फरार रहेको सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।
सो कार्यदलले स्थानीय सरकार, बैंकिङ्ग क्षेत्र, प्रहरी तथा संचारकर्मीहरुसँग सहकार्य गरेर अघि बढिरहेको कार्यदलका संयोजक डा. भीष्म कुमार भुसालले जानकारी दिएका छन् ।
गता साउन २७ मा मन्त्रीस्तरिय निर्णयबाट गठित समितिले काम थालेसँगै मिटरब्याजी विरुद्ध देशैभरिमा सबैभन्दा बढी ६९ प्रतिशत उजुरी मधेश प्रदेशका आठ वटै जिल्लाहरूमा परेको कार्यदलका संयोजक डा. भुसालले जानकारी दिए ।
सो कार्यदलका सदस्य दिनेश आचार्य, श्रीकृष्ण श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोइराला लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्लाका बैंक तथा वित्तीय संस्थाका प्रमूख, स्थानीय तहका प्रमुख तथा मिटरव्याज पीडितहरुसँग छलफल गरेर समस्याहरु बारे जानकारी लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ