News Category 2079/05/13
महिलाबन्दीहरूसँग अधिकारकर्मीहरूले तीज मनाए
दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई सामूहिक रूपमा दर खुवाएर सोमबार अधिकारकर्मीहरूले तीज मनाएका छन् ।
तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरू सँगै कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर तीज मनाएका हुन् ।
कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तीजको खुशी साटासाट गरेको कारगार प्रमुख किशोर रामले जानकारी दिए ।
त्यसअघि कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको हो ।
उक्त अवसरमा कारगारमा कार्यरत महिला कर्मचारी र महिला प्रहरीलाई समेत मिठाई र सृङ्गारका सामान प्रदान गरिएको छ । जम्मा १ सय ५५ क्षमता भएको कारागार माहाल १६ महिला, १ आश्रित बालक र ३ सय ७१ पुरुष कैदीबन्दी छन् ।
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालकी गीता पाण्डे, पत्रकार पुनम पोखरेल, महिला शिक्षक रत्ना गुरुङ, मेचीमहाकाली बुहारी संयुक्त आवाजकी मीरा गुरुङ, सामाजिक कार्यकर्ता उमेश यादवलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ