News Category 2079/05/13
दुई सय घरेलु मदिरा नष्ट
दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
सशस्त्र प्रहरीले सोमवार दुई सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
घरेलु मदिरा उत्पादन र विक्री वितरणमा कडाई गर्दै प्रहरीले सप्तरीको सुरुङ्गा नगरपाकिाको कदमाहा–गाईघाट सडक खण्डमा विभिन्न सवारी साधन चेकजाच गर्ने क्रममा उक्त परिमाणको घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाका अनुसार सुरक्षा वेश क्याम्प कडरबोनाबाट खटेका सशस्त्र प्रहरी सहायक निरिक्षक विनोद चौधरी नेतृत्वको टोलीले विभिन्न सवारी साधन चेक जाँचको क्रममा उक्त घरेलु मदिरा बरामद गरेको छ ।
प्लास्टिकको भाँडोमा राखि लैजादै गरेको उक्त घरेलु मदिरा सोमवार नै सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प कडरबोनामा ल्याइ वडा अध्यक्ष दिलाराम चौधरी, सशस्त्र प्रहरीका वेशपती सहायक प्रहरी निरीक्षक धमेन्द्र सिंह भण्डारी, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी अधिकारी तथा स्थानीयको रोहवरमा नष्ट गरीएको छ ।
उनले घरेलु मदिरा उत्पादन, विक्रीवितरण र ओसार पसार गर्नेलाई जरिवाना तथा अन्य सजाय हुने कानुनी ब्यवस्था रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ