News Category 2079/05/15
दुध उत्पादन र बिक्रि गर्ने स्थानमा अनुगमन
दैनिक समाचारदाता
राजविराज, १४ भदौ ।
चाड पर्वको अवसरमा बजारमा पर्याप्त दुधको अभाव तथा मनपरी मुल्य देखिएपछि मंगलबार संयुक्त बजार अनुगमन टोलीले दुध उत्पादन र बिक्रि गर्ने स्थानहरुमा अनुगमन गरेको छ ।
दुध बिक्रि र उत्पादन स्थलमा पुगेर टोलीले अनुगमन गर्ने क्रममा संचालित डेरी उद्योगहरुमा निर्धारण गरिएको मुल्य सही पाइएपनि स्थानिय हाट बजारमा मनपरि मुल्य कायम गरेको देखिएको र त्यस्तालाई सचेत गराइएको खाद प्रविधि तथा गुण नियन्त्रण डिभिजन राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।
चाडपर्व नजिकिएकाले अनुगमनलाई तिब्रता प्रदान गरिएको गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सिंहले बताउँदै अनुगमनका क्रममा डेरी उद्योगहरुमा दुधको शुद्धता र मुल्य सही देखिएपनि कामदारले एप्रोन, मास्क, क्यापलगायतका सुरक्षा सामाग्रि प्रयोग नगरेको पाइएकाले सचेत गराइएको बताए ।
पछिल्लो समय बजार अनुगमनलाई तिब्र पारिएको छ । सरसफाई, खादबस्तुको बिक्रि बितरण, गुणस्तर र म्याद भए÷नभएको बारे अनुगमन गरिने र फेला परेका अखाद्य बस्तु तत्कालै नष्ट गरि जरिवाना समेत गर्न थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले जनाएको छ ।
संयुक्त अनुमगन टोलीमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत राजु शर्मा, घरेलु तथा साना उद्योग कार्यालयका लेखापाल नेत्रबहादुर बास्तोला, न्यायिक नागरिक उपभोक्ता मञ्चका अध्यक्ष रामकुमार यादवका साथै प्रहरी र पत्रकार समेत सहभागि छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ