News Category 2079/05/15
यात्रुबाहक बस पल्टिदा १९ जना यात्रु घाइते, दुईको अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रुपनगरमा बुधबार एक यात्रुबाहक बस पल्टिदा १९ जना यात्रु घाइते भएका छन । ती मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।
गाईघाटबाट धरानतर्फ जादै गरेको को.१ख. ३५२३ नम्बरको बस कंचनरुप नगरपालिका वडा नं. ९ स्थित रुपनगरको हनुमान मन्दिर अगाडीमा आफै अनियत्रित भइ पल्टिएको स्थानियवासीले जबताएका छन् ।
बसमा सवार १९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिएका छन् । जस मध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले तत्काले बिराटनगरस्थित गोल्डेन अस्पताल उपचारका लागि पठाइएको उनले बताए ।
यस्तै अन्य यात्रुको स्थानिय धर्मेश्वर अस्पतालमा उपचारका लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ