News Category 2079/05/15
मन्त्री साह र प्रतिनिधिसभा सदस्य यादवद्वारा एक महिनाको तलब मदरसालाई प्रदान
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले आफ्नो एक महिनाको तलब सुविधा अस्त ब्यस्त अवस्थामा रहेको मदरसालाई व्यवस्थित ढंगले संचालन गर्न सहयोग उपलब्ध गराएका छन् ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ महादेवपट्टीस्थित दारुल कुरान मदरसाको निरिक्षण गर्न आईपुगेका मन्त्री साहले आप्mनो एक महिनाको तलब सुविधा गरी ७१ हजार रुपैया मदरसालाई सहयोग उपलब्ध गराएका हुन् ।
जिल्लामा प्रदेश सरकारको सहयोगमा मन्दिर, मदरसा, विद्यालय भवन, सामुदायिक भवन, इदगाहा, खेलकुद भवन, धर्मशाला, स्वास्थ्य चौकी लगायतका संरचना निर्माणमा मन्त्री साह व्यस्त छन् । तीन महिनाको अवधीमा सप्तरीमा मात्र मन्त्री साहद्वारा २३ वटा नयाँ संरचनाको निर्माण कार्य पुरा भइ उद्घाटन समेत गरिसकिएको छ ।
मन्त्री साहका स्वकिय सचिव राजकुमार यादवले सप्तरीमा मात्र होइन, प्रदेशका अन्य जिल्लाहरुमा समेत प्रदेश सरकारको सहयोगमा निर्माण भएका ५ दर्जन भन्दा बढी संरचनाको मन्त्री साहले उदघाटन गरिसकेको जानकारी दिएका छन् ।
यस्तै उनी संगै पुगेका प्रतिनीधी सभासदस्य डा. सुर्य नारायण यादवले पनि सो अवसरमा मदरसा व्यवस्थापनका लागी आप्mनो एक महिनाको तलब भत्ता सहयोग गर्ने घोषणा गरे ।
डा. यादवले सहयोग घोषणा गरेको रकम १÷२ दिन भित्रै मदरसा व्यवस्थापन समितीको खातामा जम्मा गरि दिने प्रतिबद्धता जनाए ।
सो अवसरमा मधेश प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, जसपा कंचनरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादव, जसपाका नेता भोला पासवान लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ