News Category 2079/05/18
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
राजविराज÷जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले देशमा नागरिकताविहिन नेपालीलाई नागरिकताबाट बञ्चित गर्न विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
जसपा महादेवा गाउँपालिकाद्वारा सप्तरीको बतनाहामा शुक्रबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालिन एमाले नेतृत्वको सरकारले मधेसीको एकतालाई भाड्न नागरिकता विधेयकको नाटक रचेर विधेयक ल्याउने खेल गरेको तथा अर्कोतर्फ आफ्नै मान्छेलाई उचालेर मुद्दा हाल्न लगाएको दाबी गरे । एमालेकै ईसारामा राष्ट्रपतिले नागरिकता विधेयक स्वीकृत गर्न नमानेको आरोप पनि उनले लगाए ।
उनले नेपालका शासक वर्गहरु आफ्नो शासन सत्ता टिकाउनकै लागि पनि नेपाली नागरिकलाई नागरिकताबाट बन्चित गराउने षड्यन्त्र गरिरहेको बताए ।
अध्यक्ष यादवले मधेश आन्दोलनकै कारण मधेशी लगायतका उत्पीडित समुदायले माधेश प्रदेश सहितको स्वाभिमान र सम्मान पाएको बताउँदै मधेश सहितका विभिन्न पहिचानको आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि अझै संघर्ष आबश्यक रहेको औल्याए ।
उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आगामी संघ र प्रदेश निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह पनि गरे ।
एक अर्को प्रसङ्गमा अध्यक्ष यादवले विकासमा पछाडी परेको सप्तरी जिल्लाले विकासको गति लिन शुरु गरेको भन्दै जिल्लामा रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, सडक संरचना जस्ता विकासका आधार तयार भएको उल्लेख गरे ।
अध्यक्ष यादवले अबको १० बर्षमा सप्तरीको मुहान फेरिने दावी गर्दै देशविकास र सामाजिक न्यायका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
जसपा महादेवा गाउँपालिका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम प्रबक्ता मनिष कुमार सुमन, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, पार्टीका राजनीतिक समिति सदस्य एवम मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पार्टीका राजनीतिक समिति सदस्य शिव बहादुर बस्नेत, पुर्व साँसद सरिता यादव, केन्द्रिय सदस्य विकास कुमार तिवारी, मधेश प्रदेश सचिब युसुफ अलि, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, नवप्रबेशी दिपक कुमार यादव, राज नारायण साह, जगदीश मण्डल, आसिन मियाँ, मो. रहमद लगायतका मन्तव्य व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ