News Category 2079/05/19
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुले जनताको घर दौलोमा पुगेर भेटघाट गर्ने क्रमलाई तिब्रता दिदैछन् ।
सप्तरी क्षेत्र नं. २ को ख बाट प्रदेशसभा सदस्यका लागि आकांक्षी रहेका नेकपा (माओवादी केन्द्र) का युवा नेता महेश प्रसाद यादवले गाउँ, टोलमा पुगेर जनतासमक्ष मत माग्न लागिपरेका छन् ।
यसैक्रममा आइतबार उनी राजविराज ६ खरसाल टोलमा स्थानियबासीसँग भेटघाट गर्दै वर्तमान जनप्रतिनिधिले यस क्षेत्रमा उल्लेख्य काम गर्न नसेकेको प्रति असन्तुष्टि व्यक्त गर्दै जनताले विकासको कयापलट हुने गरी परिर्वतन चाहेकोले सो खाडललाई पुरा गर्ने उनले प्रतिबद्घता ब्यक्त गरे ।
उनले समाजमा हरेक क्षेत्रमा विकासको कयापलट ल्याउन राजविराज सदरमुकाम रहेको क्षेत्रबाट सत्ता पक्षिय गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने बताए ।
उनले निर्वाचित जनप्रतिनिधिले कमिशनखोरीलाई आत्मसात गरेको कारण अवस्था हाल सम्म विकसित हुन सकेको जिकिर गरे । भारतको जयपुरको नक्सामा आधारित देशकै पहिलो टाउन प्लानिङ्ग सिटि राजविराजमा कसैको ध्यान नपुगेकोमा दुःख व्यक्त गरे ।
सो अवसरमा स्थानिय समाजसेवी, बुद्घिजिवी, महिला, युवा, पार्टीका नेता रामगमन साह, मुकेश यादव, भुपेन्द्र यादव, मनोज यादवलगायतको सहभागिता रहेको थियो ।
सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ को (ख) मा राजविराज नगरपालिका र महादेवा गापाको वडा नं. १ पकरी तथा वडा नं. ३ बथनाहा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ