News Category 2079/05/19
सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रुपले सिफारिस भएको छ ।
जसपा सप्तरी निर्वाचन क्षेत्र नं. २ को आइतबार सम्पन्न बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपले सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष नारायण प्रसाद यादवले जानकारी दिएका छन् ।
यसअघि उनको नाम जिल्लाको ४ वटै संघीय निर्वाचन क्षेत्रबाट सिफारिस भएको जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले बताए । उनी २०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट अध्यक्ष यादवसहित वर्तमान प्रतिनिधिसभा सदस्य डा. सुर्य नारायण यादव, पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवं (ख) का प्रदेश सभा सदस्य तथा मधेश प्रवेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको नाम सिफारिस भएको छ ।
यसैगरी क्षेत्र नं. ३ बाट अध्यक्ष यादवसहित पार्टीका राजनैतिक समिति सदस्य एवं मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, राजनैतिक समिति सदस्यहरु कैलाश प्रसाद यादव, विशेश्वर रजक, केन्द्रिय सदस्य शिवराम साहको नाम सिफारिस भएको छ ।
यस्तै क्षेत्र नं. ४ मा अध्यक्ष यादवसहित मनोज यादव, हेमायू हक, मनोज कुमार यादवको नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ