News Category 2079/05/22

विरामी र बालबालिकालाई फलफूल वितरण

दैनिक समाचारदाता

विरामी र बालबालिकालाई फलफूल वितरण

दैनिक समाचारदाता
राजविराज २२, भदौ । 

    निजामती सेवा दिवसको अवसरमा बुधबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा अस्पताल पुगेका कर्मचारीहरुको टोलीले विरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।
    अस्पतालमा उपचारार्थ भर्ना रहेका विरामी र पोषण गृहका बालबालिका गरी करिब २ सय जनालाई फलफूल वितरण गरिएका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झाले जानकारी दिए ।
    सो टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष झा लगायतको सहभागीता थियो ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट