News Category 2079/05/22
सप्तरीका प्रजिअ गौतमको सरुवा नयाँ प्रजिअ खतिवडा आउँदै
दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
सरकारले निर्वाचनको मुखमा एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको उदयपुर जिल्ला सरुवा भएको छ । उनको स्थानमा सखुवासभाका प्रजिअ नुरहरी खतिवडा आउने भएका छन् । त्यस्तै उदयपुरका प्रजिअ वीरेन्द्र यादवलाई संखुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।
मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्यायलाई नियुक्त गरेको छ । उनी ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । काठमाडौंका प्रजिअ गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा तानिएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुर तानिएको छ भने मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ