News Category 2079/05/20
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा वरिष्ठ नेता महतोसहित चार जनाको नाम सिफारिस
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
सप्तरी क्षेत्र नं. ३ को प्रतिनिधिसभा क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जनाको नाम सिफारिस भएको छ ।
सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता महतोसहित वर्तमान प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, लक्ष्मीकान्त मण्डल र सरेन्द्र यादवको नाम पनि सिफारिस गरिएको लोसपाका यूवा नेता गजेन्द्र मण्डलले जानकारी दिएका छन् ।
सोमबार सप्तरी क्षेत्र नं. ३ को सम्पन्न बैठकले प्रतिनिधिसभासहित प्रदेशसभा सदस्यका लागि उम्मेदवारहरुको नाम समेत सिफारिस गरिएको उनले बताए ।
सो क्षेत्रको प्रदेश सभा क बाट रामकुमार शास्त्री, जगदिश यादब र सुरेन्द्र यादब तथा प्रदेश सभा ख बाट गजेन्द्र कुमार मण्डल, सुनिल कुमार झा र उपेन्द्र प्रसाद साहको नाम सिफारिस गरिएको छ ।
यता नेता महतोको धनुषा प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट एकल उम्मेदवारको रुपमा नाम सिफारिस भएको छ । उनी त्यस क्षेत्रको वर्तमान प्रतिनिधिसभा सदस्य हुन् । सो क्षेत्रबाट नेकपा एमालेकी नेतृ जुली महासेठले नाम सिफारिस भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ