News Category 2079/05/20
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा वरिष्ठ नेता महतोसहित चार जनाको नाम सिफारिस
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
सप्तरी क्षेत्र नं. ३ को प्रतिनिधिसभा क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जनाको नाम सिफारिस भएको छ ।
सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता महतोसहित वर्तमान प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, लक्ष्मीकान्त मण्डल र सरेन्द्र यादवको नाम पनि सिफारिस गरिएको लोसपाका यूवा नेता गजेन्द्र मण्डलले जानकारी दिएका छन् ।
सोमबार सप्तरी क्षेत्र नं. ३ को सम्पन्न बैठकले प्रतिनिधिसभासहित प्रदेशसभा सदस्यका लागि उम्मेदवारहरुको नाम समेत सिफारिस गरिएको उनले बताए ।
सो क्षेत्रको प्रदेश सभा क बाट रामकुमार शास्त्री, जगदिश यादब र सुरेन्द्र यादब तथा प्रदेश सभा ख बाट गजेन्द्र कुमार मण्डल, सुनिल कुमार झा र उपेन्द्र प्रसाद साहको नाम सिफारिस गरिएको छ ।
यता नेता महतोको धनुषा प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट एकल उम्मेदवारको रुपमा नाम सिफारिस भएको छ । उनी त्यस क्षेत्रको वर्तमान प्रतिनिधिसभा सदस्य हुन् । सो क्षेत्रबाट नेकपा एमालेकी नेतृ जुली महासेठले नाम सिफारिस भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ