News Category 2079/05/20
चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ

दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
सप्तरी प्रहरीले चोरी तथा कुटपिट रहजनी चोरी मुद्दाका दुई फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
सप्तरीको छिन्नमस्ता ३ निवासी पुनित कुमार खंगको जाहेरीले चोरी मुद्दामा फरार रहेका स्थानिय २३ वर्षिय नन्दी कुमार साहलाई पक्राउ गरेको हो ।
मोबाईल र साईकल चोरी गरि लगेको चोरी मुद्दामा सप्तरी जिल्ला अदालतको २०७७ पुस १९ गते साहलाई २ महिना १० दिन कैद र १० हजार जरिवानाको फैसला भएको थियो ।
सो फैसला भएलगत्तै फरार रहेका साहलाई खोजतलासका क्रममा प्रहरीले सोमबार पक्राउ गरेर अदालतमा उपस्थित गराई २ महिना कैद भुक्तान गरी सकेकाले १० हजार तिर्न बाँकी रहेकोमा सो रकम तिर्न नसक्दा साहलाई पुर्पक्षको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै प्रहरीले कुटपिट अंगभंग र रहजनी चोरी मुद्दाका फरार अभियुक्त साबिक बरहीबिरपुर गाबिस ५ हाल बिष्णूपुर गाउँपालिका ६ बस्ने २२ वर्षिय पप्पु कुमार रामलाई समेत पक्राउ गरेको छ ।
जिल्लाको साविकको बिषहरीया गाबिस ३ निवासी अशोक कुमार यादवले २०७२ असोज १० गते दिएको जाहेरीले रामले उनलाई कुटपिट गरि घाईते बनाई साथमा रहेको मोबाईल, सुनको औठी र साईकल थानसमेत चोरी गरेका थिए ।
रामलाई कुटपिट अंगभंग र रहजनी चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७५ माघ १७ गते २ बर्ष कैद र एक लाख एक सय जरिवानाको फैसला गरेको थियो । उनी पनि सोही मितिदेखी फरार रहेकोमा सोमबारै पक्राउ परेकाले अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ