News Category 2071/07/10
प्रहरीद्धारा बरामद गरिएको लाखौको सामान सार्वजनिक
दैनिक संवाददाता
राजविराज, ९ कात्तिक ।
सप्तरीको देउरी गाविसमा बुधबार प्रहरी र तस्करबिच दोहरो भिडन्तपछि बरामद गरेको लाखौंको सामानहरु आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
अवैध रुपमा भन्सार छली ल्याई राखेको करिब ४ लाख ७६ हजार ४ सय मुल्य बराबरको कपडाहरु बरामद गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय बुझाएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सप्तरीको देउरी गाविस ७ बस्ने सुर्य नारायण मुखीयाको घरमा अवैध कपडाहरु रहेको सूचना पाएपछि प्रहरी टोलीले घर खानतलासी गर्दा तस्करी र तस्करीका सहयोगीहरुले प्रहरी टोली माथि ढुङ्गामुढा गर्दा उक्त भिडलाई प्रहरीले साम्य पार्न खोजेपछि सो भिडन्त भएको प्रहरीले जनाएको छ ।
भिडलाई नियन्त्रणमा लिनका लागी प्रहरीले ३ राउण्ड हवाईफायर गरी तितरबितर पारेको थियो । सो घटनामा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट र ईलाका प्रहरी कार्यालय बोदे बरसाईनबाट खटेको प्रहरीटोली मध्ये प्रहरी निरीक्षक छेदीलाल कामती, प्रहरी सहायक निरीक्षक मनोज यादव र प्रहरी जवान लुलिन्द्र तिम्सीना घाईते भएका थिए ।
यता स्थानिय तस्करहरु देउरी गाविस ७ का राजाराम साह, मानराजा गाविस ५ का बरुण यादव, सोही ठाउँका लोचन साह र निजका भाई लक्ष्मी साह सहित फरार रहेको तथा उनीहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानसिंग बोहराले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ