News Category 2079/05/24
झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट
दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले चालु आ.ब.को झण्डै दुई महिनाको अवधीमा १३ दशमलब ९७ प्रतिशत मुद्दा फर्छयौंट गरेको छ ।
अदालतले शुक्रबार संचारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएको हो । अदालतका सूचना अधिकारी हरिशंकर महतोले सो जानकारी दिँदै गत आ.ब.को २ हजार ६ सय २ मुद्दा जिम्मेवारी सरेको, नयाँ दर्ता ५ सय ११ गरि ३ हजार १ सय १३ मध्ये उक्त प्रतिशत मुद्दा फछयौट भएको बताए ।
उनले चालु आ.ब.को भदौं २४ गतेसम्म ४ सय ३५ मुद्दा फछयौट भएकोमा बाँकी मुद्दाहरु गरि ७५ दशमलब २४ प्रतिशत मुद्दाहरु फछयौट गर्ने लक्ष्य राखेको जनाए । उनले चालु आ.ब. मा २ हजार ५ सय ५२ अनुमानित नयाँ मुद्दा दर्ता गरि ५ हजार १ सय ५४ मध्ये ३ हजार ८ सय ७८ मुद्दाहरु फछयौट गर्ने अदालतको लक्ष्य रहेको बताए ।
सोही अन्तरक्रियामा अदालतका मुख्य न्यायाधिश हरिप्रसाद भण्डारीले गत वर्ष बारको आन्दोलन तथा कोभिडको महामारीका लक्ष्य अनुरुप सफलता प्राप्त गर्न नसकेको उल्लेख गरे । उनले मुद्दाको चापलाई ध्यानमा राख्दै आफूहरुले मुद्दा फछयौट गर्ने कार्यलाई सक्दो छिटै टुङ्गयाउनेतर्फ प्रयास गरिरहेको बताए ।
अदालतबाट सेवाग्राहीलाई प्रवाह हुने निशुल्क कानुनी उपचार, मिट द जज तथा समुदायस्तरमा पुगेर न्यायका बारे जानकारी तथा विभिन्न परामर्श दिने कार्यलाई समेत उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको जिकिर समेत गरे ।
सो अवसरमा न्ययाधिश इश्वरराज आचार्य, रजिष्टार रामप्रसाद भटराई, उपरजिष्टार उज्जवल न्यौपाने, आइटी अफिसर ओमप्रकाश यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ