News Category 2079/05/24

चाँदीका गहनासहित विश्वकर्मा पक्राउ

दैनिक समाचारदाता

चाँदीका गहनासहित विश्वकर्मा पक्राउ

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।

    भारतबाट अबैध रुपमा ल्याइएको चाँदीको गरगहनासहित सशस्त्र प्रहरीले शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ । 
    सशस्त्र प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका ५ स्वर्णपट्टी सडक खण्डबाट अबैध चाँदीका गरगहनासहित मोरङ्गको मिकलाजङ्गा गाउँपालिका ८ निवासी ४० वर्षिय चन्द्र विश्वकर्मा पक्राउ गरेको जनाएको छ । 
    पक्राउ परेका विश्वकर्मा सवार मोटरसाईकलको डिक्कीबाट भारतबाट लुकाई ल्याइएको चाँदीको बाला ८१, ब्रास्लेट ८ र औंठी २४ थान बरामद गरिएको छ । बरामद गरगहना र मोटरसाईकल सहितको २ लाख ८ हजार ४८ रुपैया मुल्याङ्कन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 
    सशस्त्र प्रहरी नायव निरिक्षक जयनारायण मण्डलको कमाण्डमा खटिएको टोलीले उनलाई अबैध चाँदीका गरगहनासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए । 
    बरामद समानसहित विश्वकर्मालाई आवश्यक कारवाहीका लागी तिलाठीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हेडक्वाटर सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट