News Category 2079/05/25
सडक मर्मतको माग गर्दै चक्काजाम
राजविराज÷राजविराजस्थित जनआन्दोलन चौकदेखी पश्चिम राम मन्दिरसम्मको मुख्य बजार क्षेत्रको सडक खण्ड लामो समयदेखी जिर्ण हुँदा पनि सरोकारवाला निकायले मर्मतप्रति ध्यान नदिएको भन्दै आक्रोसित स्थानिय युवाहरुले शनिबार राजविराजमा चक्काजाम गरेका छन् ।
उक्त सडकखण्डको पाँच सय मिटर सडक लामो समयदेखी जिर्ण रहदा आवागमन जोखिमपूर्ण बन्दै गएको र सम्बन्धीत निकायलाई यस बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरिएको भन्दै युवाहरुले चक्काजाम गरेका हुन् ।
आक्रोसित यूवाहरुले राजविराज नगरपालिका र सो सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनी बिरुद्ध चर्को नाराबाजी गर्दै बिहान ११ बजेदेखी चक्काजाम गरेका थिए ।
बाँस नै तेस्¥याएर आवागमन रोकिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । प्रदर्शनमा सहभागि युवा खेलानन्द दासले सो सडकखण्डको निर्माणको जिम्मा पाएका कान्छाराम कन्स्ट्रक्सनले काममा ढिलाई गरिरहेको र राजविराज नगरपालिकाका जिम्मेवार अधिकारीहरु पनि मौन बसेकाले दाबाब दिन चक्काजाममा उत्रिनु परेको बताए ।
यूवाहरुले चक्काजाम र प्रदर्शन गरिरहदा पुगेका वडा नं. ६ का अध्यक्ष शशि चौधरी र वडा नं. ७ का अध्यक्ष सुभाषचन्द यादव पनि सामेल भई समर्थन जनाएका थिए । उनीहरुले पनि ठेक्केदारको लापरवाहीका कारण निर्माण कार्यले गति लिन नपाएको आक्रोस पोख्दै ठेक्का लिने निर्माण कम्पनीमाथी कारवाहीको माग गरे ।
यसैबीच राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनको उपस्थितिमा प्रदर्शनकारी र ठेकेदार कम्पनीका प्रतिनिधिबीच भएको छलफलमा निर्माण कार्य शनिबारदेखी नै सुरु गर्ने प्रतिबद्धता आएपछि दुई घण्टापश्चात् चक्काजाम फिर्ता लिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ