News Category 2079/05/26
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
राजविराज÷छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद रहेको खुलासा भएको छ ।
राजविराज नगरपालिका वडा नं. ७ निवासी राज नारायण मिश्रले छोराको नागरिकता लिनका लागि सिफारिससहित जिल्ला प्रशासन कार्यालय शुक्रबार पुगेका थिए । तर, मिश्रकै नागरिकता शंकास्पद देखिएपछि उनीसहित उनकी श्रीमतिको पनि नागरिकता तत्काललाई जफत गरिएपछि सो खुलासा भएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरी श्रोतका अनुसार मिश्रकै नागरिकता नै नक्कली हुन हुनसक्ने आशंका जनाएको छ ।
बि.स. २०५१ असोज २५ गते मिश्रको नाममा नागरिकता प्रमाण पत्र नं. ४५८÷३०० मा नागरिकता जारी भएको उल्लेख छ । तर, सो नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृत हरिहर दाहालको हस्ताक्षर मिति भने २०५१ असार २१ गते नै उल्लेख छ ।
श्रोतका अनुसार पुरानो रेकर्डलाई पल्टाएर हेर्दा नागरिकतामा हस्ताक्षर भएको अधिकृत दाहालको हस्ताक्षर पनि नमिलेको, नागरिकता प्रमाणपत्रको कागज र छपाई समेत आधिकारिक नभएको तथा जारी मिति अनुसार कार्यालयको अभिलेख पनि फेला परेको छैन् । प्रमाणित भएको तीन महिना पछि नागरिकता जारी भएको तथा प्रमाणपत्र कार्ड स्क्यानिङ गरेर नागरिकता बनाएको हुनसक्ने श्रोतको आशंका छ ।
यता, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले सन्तानको नागरिकता लिन आएका मिश्रको नागरिकता शंकास्पद देखिएपछि तत्काललाई सो नागरिकता राखेर छानविन थालिएको जानकारी दिए । उनले सो नागरिकता नक्कली नै हो भन्ने बारे अहिले नै भन्न नसक्ने अवस्था रहेकोले सो बारे छानविन प्रक्रिया थालेको प्रतिक्रिया दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ