News Category 2079/05/28
जिल्लामा पहिलो पटक विउ विजन विक्रि वितरण फलदायी र व्यवस्थित वनाउन परिक्षा

दैनिक समाचारदाता
राजविराज, २८ भदौ ।
कृषि ज्ञान केन्द्र सप्तरीले जिल्लामै पहिलो पटक विउ विजन व्यवसायलाई सुरक्षीत, भरपर्दाे, व्यवस्थित र फलदायी बनाउन विक्रेता अनुमती पत्र (लाईसेन्स) का लागी परिक्षा विधीको प्रयोग गरेको छ ।
मंगलवार जिल्लाभरबाट आएका विउ विजन उत्पादक तथा इच्छुक विक्रेताहरको अनुमती पत्रका लागी पुर्व परिक्षा लिइएको हो ।
राजविराजस्थित कृषि ज्ञान केन्द्रको परिसरमा कृषि सम्बन्धि वस्तुगत प्रश्नहरु समावेश गरी ५० मिनेटको समय दिएर लिइएको परिक्षामा ३५ जना उत्तिर्ण भएका छन् ।
परिक्षा सकेको ४ घण्टा भित्रै उत्तर पुस्तिका जाँच गरी नतिजा घोषित गरिएको छ । परिक्षामा जिल्लाभरका ६० जना विउविजन उत्पादक र व्यवसायी सहभागी थिए ।
पुर्व परिक्षामा उत्तिर्ण भएकाहरुलाई लहान पठाई विउ विजन उत्पादन अनुमती पत्र प्रदान गरिने कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए ।
कृषि ज्ञान केन्द्र र विउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनको संयुक्त आयोजनामा कृषि सम्बन्धि प्रश्नावली तयार गरी परिक्षा र विउ विजन उत्पादन तथा व्यवसाय सम्बन्धि तालिमको व्यवस्था मिलाइएके उनले जानकारी दिए ।
जिल्लामा कतिपय तालिम नै नलिएका, अनुमती पत्र नविकरण नगरेका र कतिपय अनुमती पत्र नै नलिई विउ विजनको कारोबार गरिरहेको जानकारी आएपछी यसको अनुगमण र प्रकृयामा कडाई गरिएको कृषि अर्थ विज्ञ किसुन देव राउतले बताए ।
कृषि ज्ञान केन्द्रले २०७९ भदौ १० गते सुचना प्रकाशन गरी विउ विजन विक्रि वितरण क्षेत्रमा काम गर्न चाहने इच्छुक ब्यक्तिहरुको आवेदन माग गरेको थियो । पहिलो चरणमा ३५ जनालाई समावेश गर्ने कार्यक्रम रहेकोमा ६० जनाले आवेदन बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ